बेलारुसमा फसेका आप्रवासीहरूप्रति विश्व स्वास्थ्य सङ्गठन चिन्तित

विश्व स्वास्थ्य सङ्गठनले युरोपेली सङ्घसँगको सीमा विवादका बीच बेलारुसमा फसेका हजारौँ आप्रवासीहरूको स्वास्थ्य अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ । 'हामी सबै राज्यहरूलाई बेलारूसी सिमानामा शरणार्थी र आप्रवासीहरूको स्वास्थ्यको अधिकारको रक्षा गर्न आग्रह गर्दछौँ, जसमध्ये धेरैलाई चिकित्सा सहायता चाहिएको छ,' विश्व स्वास्थ्य संगठन युरोपका निर्देशक हान्स क्लुगेले आग्रह गरेका छन् । 'म जाडो नजिकिँदै…