ताइवानका राष्ट्रपति र पेलोसीबीच भेटवार्ता

ताइवान भ्रमण गरेकी अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले त्यहाँका राष्ट्रपति साइ इङ वेनसँग भेट गरेकी छन् । भेटका क्रममा राष्ट्रपति इङले पेलोसीलाई ‘ताइवानको सबैभन्दा समर्पित साथीमध्ये एक’ भनेर सम्बोधन गरेकी थिइन् । भेटका क्रममा युक्रेनमाथि भएको रुसी हमलाबारे चर्चा भएको थियो । राष्ट्रपति वेनले युक्रेनमा रुसी आक्रमणले ताइवान स्ट्रेटको सुरक्षालाई विश्वभरको ध्यान केन्द्रित गरेको…