भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यबाहक राष्ट्रपति बनाइएको हो । भियतनामी राष्ट्रियसभा (एनए) को असाधारण अधिवेशनमा उक्त निर्णय गरिएको भियतनामी समाचार एजेन्सीले जनाएको छ । नयाँ राष्ट्रपति चयन नहुञ्जेलसम्म जुआनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने…