केजरीवाललाई हिरासतमा रहँदा मुख्यमन्त्रीको कर्तव्य निर्वाह नगर्न माग गर्दै मुद्दा दायर

मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (इडी)को हिरासतमा रहँदा पदीय हैसियतले कुनै पनि आदेश जारी गर्नबाट रोक्न दिल्ली उच्च अदालतमा सार्वजनिक सरोकारको मुद्दा दायर भएको छ । मुद्दामा केजरीवालाई हिरासतमा रहँदा टाइपिस्ट, कम्यूटर, प्रिन्टर आदि प्रदान नगर्नका साथै उनले जारी गरेका आदेश कसरी दिल्लीका मन्त्री आतिशीकहाँ पुग्यो भन्ने कुराको अनुसन्धानका लागि इडीलाई निर्देशन दिन निवेदन गरिएको छ…