नेपाल-भारत सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय कानूनविपरीत भारतीय पक्षबाट बाँधजस्तै सडक निर्माण गर्दा हजारौँ नेपाली भू-भाग डुबानमा पर्ने भन्दै नेकपा एमाले पश्चिम नवलपरासीले त्यस प्रकारका संंरचना निर्माणमा रोक लगाउन माग गरेको छ । एमाले पश्चिम नवलपरासीका अध्यक्ष दीपेन्द्र अधिकारीको नेतृत्वमा पदाधिकारीसहितको टोलीले पश्चिम नवलपरासीस्थित भारतीय सीमामा भारत सरकारले बनाइरहेको निर्माणाधीन सो सडक क्षेत्रको हालै स्थलगत अवलोकन गरेको…