वर्षा र बाढीपछि विगत एक सातादेखि बढेको गर्मीका कारण यहाँ विभिन्न रोगको संक्रमणका बिरामी बढ्दै गएका छन् । केही दिनदेखि बढेको गर्मीका कारण सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विभिन्न रोगका संक्रमित बिरामीको चाप बढेको छ । सो अस्पतालमा आजभोलि भाइरल ज्वरो, ज्वरो, झाडापखाला, रुघाखोकी र सर्पदंशलगायतका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।…