सञ्चारकर्मीका लागि निर्माता पौडेलबाट १ लाख १ हजार सहयोग

कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाको पक्षमा उभिँदै चलचित्र 'तिम्रो मेरो साथ'का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । हाल अमेरिकामा रहेका पौडेलले पठाएको उक्त रकम नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष विपुल पोखरेलसहितको उपस्थितिमा चलचित्र पत्रकार राजन घिमिरेले एसोसिएट…