विख्यात भारतीय फिल्म अभिनेता दिलिप कुमारको निधन

विख्यात फिल्म अभिनेता दिलिप कुमारको देहान्त भएको छ । पछिल्ला केही दिनदेखि मुम्बई (भारत) स्थित हिन्दुजा अस्पतालमा उपचार गराउँदै आएका उनको ९८ वर्षको उमेरमा निधन भएको हो । दिलिप कुमारले भारतीय समयअनुसार बुधबार बिहान साढे सात बजे अन्तिम सास लिएका अस्पतालले जनाएको छ । उनको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार लामो आयुसम्बन्धी…