नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको फिल्म महोत्सवको नोमिनेशनमा

नेपाली सर्टफिल्म 'पाउलो'(द शुज) भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी) को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुँदैछ । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र'पाउलो'मा प्रशान्त हुमागाईं, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् ।…