लन्डन । ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खाहरुको लामो समयदेखि रहँदै आएको गुनासोका बारेमा नेपाली तथा ब्रिटिश अधिकारीहरुबीच छलफल भएको छ । लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणका अनुसार गत बुधबार भएको छलफल निकै सकरात्मक रुपमा अगाडी बढेको थियो । एक साता भित्र भूपूगोर्खाहरुको मागलाई सम्बोधन गर्न सर्वपक्षीय प्राविधिक संयन्त्र बनाउने सहमति भएको…