कर्णदासको स्वीकारोक्ति : ‘अमेरिकामा धेरैपटक रोएको छु’

राजन घिमिरे, अस्ट्रेलिया यतिबेला गायक कर्णदास अस्ट्रेलिया आइपुगेका छन् । साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्न अस्ट्रेलिया आइपुगेका कर्णदास शुक्रबार साँझ सिड्नीमा रहेका आफ्ना प्रशंसकमाझ गुन्जिए । उनीसँगै उनका माइला छोरा पनि अस्ट्रेलिया आइपुगेका छन् । कर्णदासको यो अस्ट्रेलिया यात्रा तेस्रो हो । कर्णदासका कान्छा छोरा विगत दुई वर्षदेखि अध्ययनको क्रममा अस्ट्रेलियाको सिड्नीमा छन् । जेठो छोरा…