एनआरएनएको अध्यक्ष निर्वाचित हुने विश्वासका साथ डा. केसीले गरे उम्मेदवारी घोषणा

निकट भविष्यमा हुन लागेको गैरआवासीय नेपाली सङ्घको १०औँ विश्व सम्मेलन तथा महाधिवेशनका लागि डा. बद्री केसीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी डा. केसीले गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । आफूले एनआरएनएको निर्वाचनमा अहिलेसम्म हारेको इतिहास नरहेको भन्दै केसीले अध्यक्ष पदमा निर्वाचित हुनेमा…