दशैँ मनाउन अष्ट्रेलियाबाट जापान आएकी नेपाली युवतीको सडक दुर्घटनामा मृत्यु

विशेष प्रतिनिधि, टोकियो (जापान) अष्ट्रेलियाबाट दशैँ मनाउन जापानमा आएकी एक नेपाली युवतीको सडक दुर्घटनामा मृत्यु भएको छ । जापानको साइतामामा सडक दुर्घटनामा सुनिता केसीको गत बुधबार राति मृत्यु भएको हो । नर्सिङ अध्ययनका लागि केही महिनाअघि अष्ट्रेलिया गएकी सुनिता दशैं मनाउन परिवारसँग एक महिना जापान बस्नेगरी चार दिनअघि जापान आएको सुनिताका बुबा मीनबहादुर केसीले बताए…