काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए । उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौं फर्किको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिएका छन् । प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको मानन्धरले बताए…