चन्द्रशमशेर र कृष्णप्रसाद कोइराला

– स्वयम्भूनाथ कार्की दुम्जाको खान–लाउन पुग्ने परिवारबाट एक लोर्के बाहुन ठिटो मधेस लाग्छन् । दुम्जामै संस्कृत र फारसी पढेका अङ्ग्रेजी पनि पढ्नुपर्छ भन्ने चेतनामा ब्रिटिस लिगेसनको मद्रासी क्लर्कसँग अङ्ग्रेजी पनि सिक्छन् । परिवार दरिद्र नभएको छनक संस्कृतसँगै फारसी पनि अध्ययन गरेकोबाट पाइन्छ । सामान्यतया बाहुन परिवारमा फारसी अध्ययन गर्ने परम्परा छैन । सम्पन्न परिवार थिएन…