स्वदेशमा उत्पादन हुने र चल्तीमा रहेका ३० प्रकारका औषधिको आयातमा स्वास्थ्य मन्त्रालयले रोक लगाउने निर्णय गरेपछि ‘नेपाल औषधि आयातकर्ता सङ्घ’को व्यानरमा औषधि आयात गर्ने केही व्यापारीको समूह विरोधमा उत्रिएको छ । उपभोक्ताले स्वदेशी र विदेशी औषधि खरिद गर्दा चर्को मूल्य तिरिरहनुपरेको तीतो यथार्थ महसुस गरी स्वास्थ्यमन्त्री गगन थापाले विज्ञहरू संलग्न गरेर एक उच्चस्तरीय अध्ययन समिति…