भैँसीगोठे क्वारेन्टाइन !

■ अर्जुनराज पन्त जन्मभूमी आउँदासमेत मुस्कान छैन ओठमा क्वारेन्टाइनमा बस्नु पर्दा आज भैँसी–गोठमा ! सरकार पनि अचम्मैको अहिले गाउँ–गाउँमा भैँसी–गोठमा मान्छे राख्छ क्वारेन्टाइनका नाउँमा ! गोठका पशु अन्त सारी त्यसलाई पारी खाली न त ढोका लाउन मिल्ने न त तार–जाली ! चितुवाले तान्ने हो कि राति सुत्दाखेरि केको आउनु निन्द्रा त्यहाँ जागा रातैभरि ! सुत्न…