दक्षिण कोरियामा एकैदिनमा एक लाख १० हजार सङ्क्रमित

दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् । त्यहाँका सरकारी अधिकारीहरूले शनिबार जनाएअनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ सङ्क्रमित भएका हुन् । दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड तीन लाख ८३ हजार ६२१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…