दशैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले दशैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गर्नुभएको छ । बडादशैँ २०७९ को अवसरमा शुभकामना दिँदै उहाँले दशैँले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । दशैँले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै…