बोलेरोको ठक्करबाट चितवनमा एकको मृत्यु, वीरगन्जमा कन्टेनरले किच्दा भारतीयको ज्यान गयो

चितवनको कालिका नगरपालिका–७ गैंडाखोलामा गएराति बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय मीन बहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ना ३ च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिँडिरहेका विश्वकर्मालाई…