त्रिशुली नदीकिनारमा बस खस्दा १९ जना घाइते

विकाश रौनियार, धादिङ काठमाडौंबाट रुकुमपश्चिम जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा चालकसहित १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको हो। बा ४ ख ५७९० नम्बरको यात्रुबाहक बस सडकबाट २०० मिटर तल खसेको खत्रीले बताए। दुर्घटनामा चालकसहित १९…