नेपालसँगै विदेशमा रेकर्ड बनाउँदैछ ‘महापुरूष’

‘महापुरूष’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलियामा प्रदर्शन भइरहेको फिल्म गत सातादेखि युरोप र आउँदो सातादेखि मध्यपूर्वी देशहरूमा प्रदर्शन हुँदैछ । नेपाली दर्शकबाट पाइरहेको समीक्षाले विदेश प्रदर्शनलाई मद्दत पुगेको छ । यस्तै, अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन समेत पाँचौ हप्तामा छ । फिल्म हेर्ने दर्शकमार्फत प्रतिक्रियाले नै यसको पब्लिसिटी भइरहेको छ…