ट्वीटरले हटायो आधा कर्मचारी

विश्वका धनाढ्य एलन मस्कले खरिद गरेपछि ट्विटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । एएफपीका अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो । मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए । यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जालमा…