कमिटी पुनर्गठनका लागि एमाले अखिलको बैठक डाकियो

कमिटी पुनर्गठनका लागि एमाले अखिलको बैठक डाकियो


केन्द्रिय कमिटी पुनर्गठनको मूल एजेण्डाका साथ नेकपा (एमाले) निकट अनेरास्ववियुको केन्द्रिय कमिटी बैठक आगामी जेठ ४ र ५ गतेका लागि बोलाइएको छ । प्रत्येक चार महिनामा बस्ने अनेरास्ववियुको बैठक आठ महिनापछि बस्न लागेको हो । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ ।

लामो समयदेखि बैठक बस्न नसकेकोमा समसामयिक विषयमा छलफल गर्नका लागि चौथो बैठक बोलाइएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिएका छन् । अखिल अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको सांसद भइसकेपछि उनलाई बिदाइ गरी कमिटीलाई नै पुनर्गठन गर्ने र शैक्षिक विषयमा बैठकमा केन्द्रित हुने उनको भनाई छ ।

ज्ञात रहोस्, आफू सांसद भएपछि नवीना लामाले कार्यव्यस्तताका कारण देखाउँदै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलालाई दिएकी छन् ।

विसं २०७२ फागुनमा भएको २२ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको पदावधि सकिएकाले पनि संगठनको पुनर्गठन गरिने महासचिव महरले बताए ।