२ जेष्ठ २०७८, आईतवार

ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत : देउवा

  प्रकाशित मिति
१८ बैशाख २०७५, मंगलवार ०२:११


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहनामा नेपालको लोकतन्त्र र गणतन्त्रलाई एक दलीय अधिनायकवादतर्फ लैजान नदिने बताएका छन् । धनगढी विमानस्थलमा सोमबार नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘लोकतान्त्रिक मान्यता र पद्धति विपरीत हिडेर अधिनायकवाद लाद्न खोजिए काँग्रेस सडकमा ओर्लन बाध्य हुनेछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापले उनको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको सबैले देखिसकेको आरोप लगाए ।

उनले भने, ‘विगतमा आफ्नो भ्रमणका क्रममा धनगढीको गौरीफण्टा नाका खोल्न, डडेलधुराको परशुराममा पुल निर्माण गर्ने, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण हुने जस्ता राष्ट्रहितमा कुरा भए पनि अहिले ती सबै विषय ओझेलमा पार्ने गरी काम भएको छ ।’

चुनावमा पार्टी पराजयका बारेमा सोधिएको एक प्रश्नको जवाफमा सभापति देउवाले पराजयपछि कार्यकर्ताको मनोबल नखस्किएको दाबी गर्दै दुई पार्टी एक भएर चुनाव लडेको र पार्टीभित्रै अन्तरघात भएकाले चुनावी नतिजा सोचेअनुसार आउन नसकेको स्पष्ट पारे ।

पदाधिकारी मनोनयनबारे सोधिएको प्रश्नको जवाफमा उनले यही वैशाख २१ गते बस्ने बैठकपछि पदाधिकारी नियुक्त गरिने संकेत गरे । राससका अनुसार कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज मङ्गलबार उद्घाटन गर्न देउवा आज धनगढी आइपुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग

दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच

विभाजनको दिशामा जसपा जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको स्पष्ट पारेका

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएलगत्तै नेकपा माओवादीका अध्यक्ष प्रचण्डको एक अभिव्यक्ति सार्वजनिक भयो ।