देउवाले बोलाए केन्द्रीय सदस्यको बैठक

देउवाले बोलाए केन्द्रीय सदस्यको बैठक


नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले विहान नेपाली काङ्ग्रेसका निर्वाचित केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । बैठक साढे आठ बजेका लागि बोलाइएको हो ।

बैठकमा कसलाई उपसभापति र महामन्त्री बनाउने भन्ने विषयमा छलफल हुनेछ । सभापति देउवाले आजै पार्टी पदाधिकारी मनोनयनको तयारी गरेको बुझिएको छ । बैठकमा निर्बाचित केन्द्रीय सदस्यलाई मात्रै बोलाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने असहमति जनाएका छन् ।

काङ्ग्रेसको एक गोप्य स्रोतका अनुसार विमलेन्द्र निधिलाई उपसभापति र पूर्णबहादुर खड्कालाई महामन्त्री नियुक्त गर्ने तयारीमा सभापति देउवा रहेका छन् । उपसभापति दिने सहमतिअनुसार काङ्ग्रेसमा विलय भएका विजयकुमार गच्छदार र काङ्ग्रेस नेता गोपालमान श्रेष्ठ पनि उपसभापतिको दावेदार हुन् । दुबैजनालाई पछि राखेर देउवाले निधिलाई उपसभापति दिने र पौडेल समूहलाई सहमहामन्त्री दिने बुझिएको छ ।