‘कम्युनिष्ट आन्दोलन अवसरवादमा रुपान्तरित’

‘कम्युनिष्ट आन्दोलन अवसरवादमा रुपान्तरित’


नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सशस्त्र जनयुद्ध र दोस्रो जनआन्दोलनले आंशिक राजनीति परिवर्तन मात्र भएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘मुलुकको कम्युनिष्ट आन्दोलन अहिले अवसरवादमा रुपान्तरित भएको छ, संसदीय व्यवस्थासँग सम्झौता भएको छ ।’
सच्चा कम्युनिष्टहरुले संसदीय व्यवस्थालाई उपयोग गर्ने हो, स्वीकार गर्ने होइन भन्दै महासचिव वैद्यले अहिले आफूलाई वाम र कम्युनिष्ट भन्नेहरुले नेपाली काँग्रेसकै संसदीय व्यवस्था मानेको विचार व्यक्त गरे ।