आफ्नै सभापतिविरुद्ध खडा भए नेविसंघ नेताहरु

आफ्नै सभापतिविरुद्ध खडा भए नेविसंघ नेताहरु


संगठनको नेतृत्व विधानविपरीत चलेको भन्दै नेपाल विद्यार्थी संघका पदाधिकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा रहेको टोलीले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति देउवालाई भेटेर संगठनको नेतृत्वले विधानविपरीत काम गरेको भन्दै ध्यानाकर्षण गराएको हो ।

१२औँ महाधिवेशन आउन चार महिना बाँकी रहँदा पनि नेतृत्वले विधानलाई कुल्चेर महाधिवेशन गर्न आलटाल गरेकाले सभापतिको ध्यानाकर्षण गरिएको नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए। नेविसंघ नेतृत्व विद्यार्थी हकका लागिभन्दा पनि गुट बचाउन लागेको उपाध्यक्ष अधिकारीको भनाइ छ । केन्द्रीय सदस्य सुशील भट्टले कम्युनिष्टहरुको भय र त्रासका विरुद्ध संगठित हुँदै लोकतन्त्रको रक्षाका लागि नेविसंघ लाग्नुपर्नेमा नलागेको अरोप लगाए ।

भेटमा सभापति देउवाले नेविसंघभित्रको समस्याका बारेमा आफू जानकार रहको बताउँदै नेविसंघको नेतृत्वसँग समन्वय गरेर विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका बताइएको छ ।