पार्टी एकताका लागि माओवादी केन्द्रीय कार्यालयमा छलफल

पार्टी एकताका लागि माओवादी केन्द्रीय कार्यालयमा छलफल


अहिले विहान प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको बैंठक बसीरहेको छ । एमालेसँग गर्ने भनिएको पार्टी एकताको विषयमा छलफल गर्न बैठक बसेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकै मञ्चबाट पार्टी एकताको सन्देश दिनुअघि माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि हालसम्म भएका प्रगतिका बारेमा जानकारी गराएको माओवादीका एक नेताले जानकारी दिए ।

ति नेताले भने, ‘केही प्राविधिक विषयमा कुरा नमिलेपछि नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन आज गर्ने भनिएको पार्टी एकता सर्ने संकेत देखिएको छ ।’

माओवादीले पार्टी एकता गर्नुपूर्ब चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने सदस्य संख्याको विषयमा अड्को थापेर बसेको बताइन्छ ।