एमाले स्थायी समिति बैठक बस्दै

एमाले स्थायी समिति बैठक बस्दै


एमालेले आज एमाले स्थायी समिति बैठक बस्ने भएको छ । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र पार्टी एकताबारे छलफल केन्द्रित रहने बुझिएको छ ।

बैठक दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा बोलाइएको एमालेका एक नेताले घटना र बिचारलाई जानकारी दिए । उनका अनुसार बैठक मंगलबार नै बोलाइएपनि एमाले अध्यक्ष समेत रहृका प्रधानमन्त्री केपी शर्मा ओलीको समय अभावका कारण बैठक बुधबारका लागि बोलाइएको हो । ‘बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, पार्टी एकता तथा सरकार सञ्चालनको समिक्षा लगायत विषयमा छलफल हुनेछ ।’ ति नेताले भने ।