मन्त्रिपरिषद बैठक बस्दै, हिउँदे अधिवेशन अन्त्यको तयारी

मन्त्रिपरिषद बैठक बस्दै, हिउँदे अधिवेशन अन्त्यको तयारी


अहिले विहान साढे १० बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीका साथ मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषदले गरेको निर्णयलाई आजै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको बुझिएको छ ।

हिउँदे अधिवेशन अन्त्यको तयारी भइरहेको अवस्थामा आजै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालयका सहप्रवक्ता केसव अर्यालले जानकारी दिए ।

सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि १५ दिन अगावै बजेट अधिवेशन सुरु हुने एक मन्त्रीले बताए ।