भारत भ्रमणअघि संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

भारत भ्रमणअघि संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली


भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार संसदलाई सम्बोधन गर्ने भएका छन् । २३ गते शुक्रबार भारत भ्रमणमा निस्कनुअघि ओलीले संसदलाई सम्बोधन गर्ने भएका हुन् ।

यसअघिको संसद बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदलाई जानकारी दिन माग गरेको थियो । सो अनुरुप प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

संसद सचिवालयका सहप्रवक्ता केसव अर्यालका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । भारत भ्रमणमा नेपालले उठाउने एजेण्डाबारे प्रधानमन्त्री ओलीले प्रतिनिसभालाई जानकारी गराउने छन् ।

भ्रमणको क्रममा नयाँ सम्झौता नहुने यसअघि नै सरकारले स्पष्ट पारिसकेको छ ।

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र सम्बोधनपछि राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम समेत रहेको छ । त्यसैगरी राष्ट्रियसभा सदस्य अध्यादेशलाई स्वीकृतिका लागि प्रस्ताव गरिनेछ ।

प्रधानमन्त्रीको सम्बोधनसँगै दुई अध्यादेश स्वीकृत गरी संसद् अधिवेशन अन्त्य हुने सम्भावना रहेको बताइएको छ ।