एमाले–माओवादी एकता संयोजन समितिको बैठक बस्दै

एमाले–माओवादी एकता संयोजन समितिको बैठक बस्दै


पछिल्लो समय एमाले र माओवादीबीच हुने भनिएको एकता प्रक्रिया ओझेलमा पर्दै गइरहेको छ । माओवादीले ‘समान हैसियत’ लगायतका विषयहरु उठाएपछि एकता प्रक्रिया भाँडिएको हो ।

कुनैपनि हालतमा एकता गर्नुपर्छ भन्दै यतिबेला माओवादी र एमाले एमालेका नेताहरु कस्सिएर लागिपरेका छन् । यसका लागि आज माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । एमाले–माओवादीबीच एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा निर्माण हुन नसकिरहेका बेला बैठक बस्न लागेको बुझिएको छ ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी कार्यक्रम तय भएको माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए । एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् ।

एकता संयोजन समितिले निर्णय गरेपछि आगामी वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी भएको छ ।