३ बैशाख २०७८, शुक्रबार

केसीले फेरि भने- ‘संघीयताबाट फर्क’

  प्रकाशित मिति
१९ चैत्र २०७४, सोमबार १६:४०


त्यसो त संघीयता कार्यान्वयनको प्रारम्भ मात्रै भएको छ । यसले अनेक नकारात्मक परिस्थिति निम्त्याउने आँकलन विज्ञजनबाट निकै अघिदेखि व्यक्ति गरिए पनि मुलुकलाई नेताहरुले संघीय शासनको अभ्यासमा लगेका छन् र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई जसोतसो अघि बढाउने प्रयत्न गरिँदै छ । यस्तोमा संघीयताबाट तत्काल मुलुक पछि फर्कने ठान्नु स्वाभाविक सोच हुन सक्दैन ।

तर, यस्तो परिवेशमा पनि संघीयता कार्यान्वयनमा चुनौती देखिएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्नुपर्ने माग गरेका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष केसीले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको उल्लेख गर्दै देशको आर्थिक अवस्था कमजोेर रहेको अवस्थामा अहिले मुलुकमा संघीयता कार्यान्वयन हुन नसक्ने तर्क गरे ।

संघीयता नेपालको लागि अफाप सिद्ध हुने दाबी गर्दै निरन्तर संघीयताविरुद्ध अभिव्यक्ति दिँदै आएका नेता केसीले प्रादेशिक व्ययभारको कारणले पूर्वाधार विकासका कार्यमा अवरोध पुग्ने बताउँदै राजनीतिक दलले संघीयताका लागि संघर्ष गरेको इतिहास नभएकाले यसले जातीय र क्षेत्रीय बिग्रह तथा विखण्डनको स्थिति ल्याउन सक्ने भएकोले यसको खारेजीको माग गरे ।

विकेन्द्रीकरणको आधारमा स्थानीय तहलाई अधिकार दिँदै संविधान संशोधनमार्फत् संघीयता चाहिँ खारेज गरेर देश र जनताको हितमा कार्य गर्न राजनीतिक दल र सरकारसंग उनले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि