ताला खुल्यो, तमासा सकियो -श्रीविक्रम भण्डारी

ताला खुल्यो, तमासा सकियो -श्रीविक्रम भण्डारी


आन्दोलनकारी झर्ला र खाउँलामा सीमित
राष्ट्रिय स्वयम्सेवक तथा करार कर्मचारी सङ्घर्ष समितिले राखेपको प्रशिक्षक प्रशिक्षण तामिल लिएका सात सय ५१ प्रशिक्षकको जागिरको माग राख्दै माघ २० गतेदेखि लगाएको ताला हालै खोलेका छन् । आन्दोलनकारी पक्ष र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीबीच पाँचबँुदे सहमति भएपछि गत शुक्रबार ताला खोलिएको हो । नयाँ सरकार गठनसँगै सम्पूर्ण प्रक्रिया अगाडि बढाउने कुरामा सहमति भएपछि आन्दोलनकारी पक्षले खेलकुदको भविष्यलाई ख्याल गर्दै ताला खोलेको जनाएको छ । २३ दिनसम्म खेलकुदमा लागेको तालाले खेलकुदका हरेक क्रियाकलाप प्रभावित हुन पुगेका थिए । आन्दोलनले गर्दा मुलुकभर खेलकुदका सम्पूर्ण गतिविधि ठप्प हुनुको साथै कर्मचारीर्-कर्मचारीबीच मुठभेडको स्थितिसमेत सिर्जना भएको थियो ।
आफ्नो मागप्रति राखेपले कुनै प्रक्रिया अगाडि नबढाएको र गैरजिम्मेवार रूपमा प्रस्तुत भएको आरोप लगाउँदै गत माघ १७ गतेदेखि आन्दोलनरत पक्षले राखेपमा तालाबन्दी गरेका थिए । १७ गते राखेपमा दुई घन्टा ताला बन्द गरेर आन्दोलनको शंखनाद गरेको आन्दोलनकारी पक्षले १८ र १९ गते क्रमश: राखेपमा ४ र ६ घन्टा तालाबन्दी गरेका थिए । त्यसपछि पनि आफ्नो मागप्रति कुनै सुनुवाइ नभएपछि माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी २० गतेदेखि अनिश्चितकालीन देशव्यापी रूपमा सम्पूर्ण खेलकुद निकाय बन्द गर्नुको साथै तालाबन्दी गरेका थिए । यसरी २३ दिनसम्म अधिराज्यभरिका खेलकुद निकायहरूमा तालाबन्दी हुँदा सम्पूर्ण खेलाडी र कर्मचारीहरूले अनिर्णयको बन्दीको रूपमा तमासे हुनुपरेको थियो । जुन नेपाली खेलकुदका लागि दुर्भाग्य मानिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरूको अदूरदर्शिताको उपजले यो आन्दोलनको विजारोपण भएको थियो । नीति, नियम र विधानलाई आत्मसात् गर्नुको साटो हचुवाको भरमा प्रशिक्षक प्रशिक्षणको तालिम लिएकाहरूलाई जागिर दिने भाषणले गर्दा नै अहिलेको स्थितिको सिर्जना भएको थियो । राखेपमा एक हजारजनाको दरबन्दी भएको र अहिले स्थायी, करार र ज्यालादारी गरी राखेपको दरबन्दीभन्दा बढी कर्मचारी छन् । अर्थ मन्त्रालयले स्थायी कर्मचारीबाहेक अन्यलाई तलब खुवाउन बजेट नदिएको र करार र ज्यालादारीलाई अतिरिक्त क्रियाकलापअन्तर्गत राखेपले तलब खुवाइराखेको कतैबाट छुपेको छैन । अर्थ मन्त्रालयले पटकपटक कर्मचारी हटाउन आदेश दिइरहेको र सोही कारणले स्थायी कर्मचारीले लामो समयसम्म तलब खान नपाएको घामजस्तै र्छलङ्ग छ । यस्तो अवस्थामा बिनासोचविचार खेलकुदलाई बलिको बोका बनाउने काम परिषद्का पदाधिकारीहरूले किन गरे त्यो कसैले बुझ्न सकेको छैन ।
हुनै नसक्ने र गर्नै नसक्ने कुरालाई राखेपका पदाधिकारीहरूले किन सम्बोधन गरे त्यो अहिले रहस्यमय बनेको छ । नभएको दरबन्दीमा सात सय ५१ जनालाई जागिर खुवाउनु बच्चाको खेल त अवश्य थिएन । न बोर्ड बैठक न सरकारको निर्णय, आखिर कसरी गरे त यस्ता कुरा ? राजनीतिक स्वार्थबाट प्रेरित भएर अर्थात् आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्न खेलकुदका पदाधिकारीहरूले चालेको चाल अहिले उल्टो परेपछि उनीहरू भिजेको मुसाजस्तै भएका छन् । कसैलाई उचालेर पछार्नुभन्दा पहिले भविष्यमा यसले पार्ने दूरगामी प्रभाव र उत्पन्न गराउने समस्याप्रति खेलकुदका पदाधिकारीहरू किन सजग बनेनन् त्यो चिन्ताको विषय बनेको छ । सबभन्दा पहिले रोग लाग्नै नदिनु, लागेपछि उपचारको व्यवस्था गर्नुपर्छ । आश्वासनका कुरा गरेर मात्र समस्या समाधान नहुने भएकोले क्षणिक लाभका लागि आकाशको तारा खसाल्ने दुस्साहस कसैले गर्न मिल्दैन । तर, राखेपका पदाधिकारीहरू प्रशिक्षक प्रशिक्षण, करार र ज्यालादारीका कर्मचारीहरूलाई उचालेर अहिले जसरी पछार्ने कार्य गरेका छन् त्यो समग्र खेलकुदकका लागि दुर्भाग्य बनेको छ ।
सर्वप्रथम आन्दोलनकारी पक्षले राखेपकासमक्ष १० बुँदे माग राखेको थियो । त्यसमा प्रमुख थियो- हाल सहायक प्रशिक्षक प्रशिक्षण तालिम लिएका सम्पूर्ण प्रशिक्षकलाई प्रशिक्षकमा नियुक्ति गर्ने र करार तथा मासिक ज्यलादारी कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया अगाडि बढाउने । यो मुद्दामा आन्दोलन पक्ष र राखेपबीच पटक-पटक छलफल र वार्ता भएका थिए । थुप्रैपटकको वार्ता अनिर्णीत हुन पुगेपछि राखेपले विचार-विमर्शका लागि आन्दोलनरत पक्षसँग समय मागेको थियो । मागेको समयमा समेत राखेपले कुनै निर्णय लिन नसक्दा आन्दोलन चरणबद्ध रूपमा अगाडि बढेको थियो । यसरी भुसमा सल्किएको आगोले डढेलोको रूप धारण गरेपछि खेलकुदमा तालाबन्दी भएको थियो । २३ दिनको तालाबन्दीको परिणाम अहिले हात लाग्यो शून्य भए पनि आन्दोलन पक्षले आशा भने मारेका छैनन् । उनीहरूको विश्वासको दियो अहिले पनि जलिरहेको छ भने आफ्नो माग सम्बोधन हुने कुरामा ढुक्क छन् । अब प्रश्न उठ्छ, के अब उनीहरूको पाँच बुँदे माग पूरा होला त ?
पाँचबुँदे माग अर्थात् उही पृथ्वी गोल छ भन्ने कुरामा सीमित भएको छ । सात सय ५१ जनालाई प्रशिक्षकमा नियुक्ति गर्ने पहल, करारलाई ग्राह्यता दिने, नयाँ दर्तामा एकपटकका लागि ४० वर्षसम्मका लागि हदबन्दी नलगाउने र नयाँ सरकार गठनसँगै पहल गर्ने । सुन्न र पढ्नमा यो सहमति उत्कृष्ट भए पनि के भविष्यमा यो हुबहु लागू होला त ? प्रश्न उठ्नु स्वाभाविकै हो । राखेप र खेलकुद मन्त्रालयको अवस्था त्यही हो, यी संस्थाले खेलकुदको विकास र हितका लागि मुसो मार्नसमेत नसक्ने प्रमाणित भइसकेको छ । रह्यो सरकारको कुरा, अहिलेसम्म खेलकुदलाई सौतेलो व्यवहार गर्दै आएको सरकारबाट कत्तिको आशा गर्ने ? कर्मचारी घटाउ भन्दै कागले झैं बारम्बार कराउँदै आएको आएको अर्थ मन्त्रालयले खेलकुदका कर्मचारी थप्ने कुरामा सरकारसमक्ष सकारात्मक रूपमा प्रस्तुत होला भन्नु पश्चिमबाट सूर्य उदाउनुजस्तै हो । तर्सथ राखेपको बोर्ड बैठकमा कर्मचारीहरूको मागको कुरा पटकपटक उठ्ने कुरामा विश्वास गर्न सकिने भए पनि निर्णयमा कहिल्यै लालमोहर नलाग्ने पक्का छ । त्यसैले कर्मचारी बन्धु, आशा गर्नु भरोसा नगर्नु । तर्सथ भविष्यमा साँढेको झर्ला र खाउँला भनेर र्‍याल चुहाउने स्यालझैं बनेका आन्दोलनरत पक्षको हविगत पनि यस्तै नहोला भन्न सकिँदैन ।

साताको खेलाडी वीरेन्द्र सेहवाग
भारतीय उपमहाद्वीपमा सञ्चालन भइरहेको विश्वकप क्रिकेटको दसौँ संस्करणमा भारतका चर्चित खेलाडी वीरेन्द्र सेहवागले उद्घाटन खेललाई अविष्मणीय बनाएका छन् । बंगलादेशको भूमिमा बंगलादेशविरुद्ध नै खेलिएको खेलमा सेवागले एक सय ७५ रनको विशाल पारी खेलेर भारतलाई विजयी बनाउन अहम् भूमिका खेलेका थिए । यो विश्वकप क्रिकेटमा पाँचौँ ठूलो पारी हो । यसअघि दक्षिण अफ्रिका गेरी क्रिस्टनले यर्ूर्र्एइर्विरुद्ध एक सय ८८ रनको अविजित पारी खेलेर कीर्तिमान बनाएका थिए । त्यस्तै विश्वकपमा विश्ााल पारी खेल्ने खेलाडीहरूमा भारतका सौरभ गाँगुली दोस्रो नम्बरमा पर्छन् । उनले श्रीलंकाविरुद्ध एक सय ८३ रन बनाएका थिए । त्यस्तै वेष्टइण्डिजका भिभियन रिचर्डसले श्रीलंकाविरुद्ध एक सय ८१ र भारतका कपिलदेवले जिम्बाबेविरुद्ध एक सय ७५ रनमा अविजित रहेका थिए ।

दसौँ विश्वकपका शतकहरू
विश्वकपको दसौँ संस्करणमा सोमबारसम्म सम्पन्न भएका खेलमा छ शतक लागेका छन् । विश्वकपको उद्घाटन खेलमा भारतका वीरेन्द्र सेवागले पहिलो शतक प्रहार गरेका थिए भने सोही खेलमा भारतकै अर्का खेलाडी विराट कोहलीले दोस्रो शतक बनाएका थिए । तेस्रो शतक श्रीलंकन खेलाडी माहिला जयबर्धनले बनाएका थिए । विराट र माहिलाले सय रन बनाएका थिए । त्यस्तै नेदरल्याण्डका खेलाडी रायन टेन डोएस्केट यो विश्वकपमा चौथो शतक प्रहार गर्न सफल भएका छन् । उनले इंग्ल्यान्डविरुद्ध आफ्नो पहिलो शतक प्रहार गरेका थिए । पाँचौँ शतक भारतका लिटिल मास्टर सचिन तेन्दुलकरले प्रहार गरेका थिए । यो उनको विश्वकपमा पाँचौँ र एकदिवसीय किक्रेटमा ४७औँ हो । सचिनले इंग्ल्यान्डविरुद्ध शतक बनाएर विश्वकपमा सबैभन्दा बढी शतक बनाउने कीर्तिमानसमेत बनाएका छन् । छैटौँ शतक इंग्ल्यान्डका कप्तान एन्ड्रयु स्ट्राउचले बनाए । उनले यो विश्वकपमा वीरेन्द्र सेवागपछि उत्कृष्ट पारी खेल्दै एक सय ५८ रन बनाएका थिए ।

सशक्त राष्ट्रहरू नै विजयी
दसौँ विश्वकपको पहिलो लिग खेलमा आ-आफ्ना प्रतिद्वन्द्वीलाई विशाल अन्तरले पाखा लगाउँदै भारत, श्रीलंका न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र पाकिस्तान विजय भएका छन् । पहिलो लिग खेलमा टेस्ट खेल्ने राष्ट्रमा वेष्टइण्डिज र बंगलादेश मात्र पराजित भएका थिए । लिगको पहिलो खेलमा भारतले बंगलादेश, श्रीलंकाले क्यानडा, न्युजिल्यान्डले केन्या, अस्ट्रेलियाले जिम्बाबे, दक्षिण अफ्रिकाले वेष्टइण्डिज, पाकिस्तानले केन्या र इंग्ल्यान्डले नेदरल्यान्डलाई पराजित गरेका थिए । पहिलो लिग चरणको सबैभन्दा रोमाञ्चक र सनसनीपूर्ण खेल इंग्ल्यान्ड र नेदरल्यान्डबीच भएको थियो । नेदरल्यान्डले पहिलो ब्याटिङ गर्दै इंग्ल्यान्डका विरुद्ध दुई सय ९२ रन बनाएको थियो । अन्तिम समयसम्म पनि कसले विजय हासिल गर्छ थाहा हुन नसकेको उक्त खेलमा इंग्ल्यान्डले बाजी मारेको थियो ।
अहिले विश्वकपका लिग चरणका दोस्रो खेलहरू भइरहेका छन् । दोस्रो खेलमा बंगलादेशले आयरल्यान्ड, अस्ट्रेलियाले न्युजिल्यान्ड, पाकिस्तानले श्रीलंका, जिम्वावेले क्यानडा र वेष्टइन्डिजले नदरल्याण्डलाई पराजित गरेका थिए भने भारत र इंग्ल्यान्डबीच भएको खेल ड्रमा सकिएको छ । यो विश्वकपको अहिलेसम्मकै सनसनीपूर्ण र रोमाञ्चक खेल सावित भएको छ । बेंग्लोरमा आयोजना भएको उक्त खेलमा भारतले पहिलो ब्याटिङ गर्दै तीन सय ३८ रनको योगफल तयार पारेको थियो । भारतका सामु निकै कमजोर आँकिएको इंग्ल्यान्ड सस्तैमा समेटिने अनुमान गरिएको थियो । तर, इंग्ल्यान्डले भारतलाई चुनौती दिँदै अर्थात् उत्कृष्ट खेलको प्रदर्शन गर्दै स्कोर बराबरी गर्न सफल भएको थियो । इंग्ल्यान्डले ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय ३८ रन बनाएको थियो । यो विश्वकपमा कमजोर आँकिएका टिमहरूले उत्कृष्ट प्रदर्शन गर्न अपेक्षा राखिए पनि बंगलादेशबाहेक क्यानडा, आयरल्यान्ड, जिम्बाबे र केन्याको पर््रदर्शन दयनीय रहेको थियो । क्यानडाले श्रीलंकाको चुनौतीसामु एक सय २२ रनमा समेटिएको थियो भने केन्या ६९ रनमै लम्पसार परेको थियो । केन्याविरुद्धको खेल न्युजिल्यान्डले ७.५ ओभरमै जितेको थियो ।