३ बैशाख २०७८, शुक्रबार

चैत २३ देखि २५ सम्म प्रधानमन्त्री भारत यात्रामा

  प्रकाशित मिति
१६ चैत्र २०७४, शुक्रबार १२:४५


प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकारले आधिकारिक तवरले मुख खोलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत २३ देखि २५ गतेदेखि भारतको राजकीय भ्रमण गर्नुहुनेभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, मन्त्री, सांसद, नेपाल सरकारका सचिव तथा उच्च अधिकारी रहनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम बेंकैया नायडूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तथा आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक वार्ता गर्नुहुनेछ ।

वार्तामा आपसी चासोका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक जानकारी दिँदै आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीसँग भारतको केन्द्रीय सरकारका मन्त्रिपरिषद्का केही वरिष्ठ सदस्यले शिष्टाचार भेट गर्नुहुनेछ । राससका अनुसार उहाँ उत्तरखण्डको पन्त नगरस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि