‘सम्मानजनक अवस्थामा मात्र एकता’ : रायमाझी

‘सम्मानजनक अवस्थामा मात्र एकता’ : रायमाझी


– चन्द्रकान्त खनाल

माओवादी केन्द्रका प्रभावशाली नेता तथा पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले एकतामा चित्तबुझदो अवस्था नभए एकता नै नहुने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकताका लागि ‘फिप्टी–फिप्टी’ भाग चाहिने बताएको भोलिपल्टै रायमाझीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रदेश नं ५ मा आयोजित साक्षात्कारमा बोल्दै उनले सम्मानजनक अवस्था नभए एमाले र माओवादी एकता नहुने दाबी गरे । औकातअनुसार सम्मानजनक स्थान चाहिने उनको भनाई थियो । पार्टी एकता कहिले हुन्छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता रायमाझीले त्यसको घडीपला हेरेर आफू नबसेको रुखो जवाफ फर्काए ।
रायमाझीको अभिव्यक्तिले एमाले–माओवादी एकता प्रक्रियामा रहश्यमयी मोड आएको सङ्केत गरेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण सफल हुने बताउँदै रायमाझीले ईयुले बुझाएको चुनावी प्रतिवेदनको आलोचना गरे । नेपालको आन्तरिक मामलामा इयूले अनावश्यक टीकाटिप्पणी गर्नु गलत भएको तर्क उनले गरे ।

प्रदेशको राजधानी सबैले आफ्नो ठाउँमा माग्नु स्वभाविक भन्दै उनले तर माग्दैमा राजधानी नपाइने बताए । कार्यक्रममा भारतका लागि नेपाली पुर्वराजदुत दिपकुमार उपाध्याय, राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले राजनीतिक अवस्था र प्रतिपक्षको भुमिका बारे बोलेका थिए ।