एकतानिम्ति प्रचण्डले खोजे बराबर हैसियत

एकतानिम्ति प्रचण्डले खोजे बराबर हैसियत


पार्टी एकताका बारेमा माओवादी अध्यक्ष प्रचण्डले मुख खोलेका छन् । ७०–३० को भागवण्डाका आधारमा नभई समान हैसियतमा मात्रै एकता गर्न सकिने अध्यक्ष प्रचण्डको दावी छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि नै पार्टी एकता गर्न इच्छुक देखिएका छन् । यही प्रस्ताव प्रधानमन्त्री ओलीले प्रचण्डलाई राखेका थिए । तर माओवादी अध्यक्ष प्रचण्डले समान हैसियतमा मात्रै एकता गर्न सकिने बताएपछि उनको यो अभिव्यक्तिलाई एमालेवृत्तमा अर्थपूर्ण मानिएको छ ।

संघ र प्रदेशको निर्बाचनमा ६०–४० को भागवण्डा भएपनि सोचे अनुरुपको नभएको भन्दै अध्यक्ष प्रचण्डले हतारमा पार्टी एकता हुन नसक्ने बताएका छन् । ‘एकता भए समान हैसियतमा हुन्छ । नभए हुँदैन् ।’ उनले भने, ‘निर्बाचनका लागि बनाएको विधि पार्टी एकतामा लागू हुन सक्दैन र मान्य पनि हुँदैन ।’