युवासँग यसरी जोडिँदै राप्रपा (प्रजातान्त्रिक)

युवासँग यसरी जोडिँदै राप्रपा (प्रजातान्त्रिक)


राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) आफ्नो सांगठनिक सवलताको लागि गम्भीर बनेको छ । संगठन सुदृढीकरणका लागि सो पार्टीले काठमाडौं उपत्यकादेखि संगठन सुदृढीकरणको अभियान शुरु गरेर देशभर सञ्चालन गर्ने भएको छ ।

पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको अध्यक्षतामा आज बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले मुलुकको विकास र जनताको समृद्धिमा पार्टीका राजनीतिक गतिविधि सञ्चालन गरी बलियो पार्टी निर्माण गर्ने निर्णय गरेको सो पाटीृले जनाएको छ ।

पार्टी प्रवक्ता राजेन्द्र गुरुङका अनुसार बैठकले जयकुमार खड्काको संयोजकत्वमा १५ सदस्यीय काठमाडौँ उपत्यका समन्वय समिति गठन गरेको छ । यही चैत १५ गतेभित्र समितिलाई पूर्णता दिई संगठन निर्माणको अभियान शुरु गरिने छ ।

बैठकमा अध्यक्ष राणाले पार्टीले निर्वाचनमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेको भए पनि विचलित नभइकन जनताको सेवालाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।

पार्टीले देशमा युवा वर्गलाई उत्पादनसँग जोड्ने, औद्योगिक विकासमा उनीहरुलाई आकर्षित गर्ने, जनवर्गीय संगठन, पार्टीको केन्द्रीय नेतृत्वमा युवालाई ल्याउने नेतृत्वदायी भूमिका विकास गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।