माओवादी केन्द्रका प्रदेश इन्चार्ज हेरफेर

माओवादी केन्द्रका प्रदेश इन्चार्ज हेरफेर


माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले प्रदेश इन्चार्जहरुको हेरफेर गेको हो ।

नयाँ जिम्मेवारीअनुसार प्रदेश १ मा राम कार्की, प्रदेश २ मा विश्वनाथ साह, प्रदेश ३ मा हितमान शाक्य, प्रदेश ४ मा हितराज पाण्डे, प्रदेश नं ५ मा मणि थापा, प्रदेश नं ६ मा जनार्दन शर्मा र प्रदेश नं ७ मा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ ।

प्रदेश नं १ का इन्चार्ज गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश नं २ का मातृकाप्रसाद यादव, प्रदेश नं ५ का वर्षमान पुन र प्रदेश नं ६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश नं ४ का देवप्रसाद गुरुङ संसदीय दलको प्रमुख सचेतक बनेका कारण जिम्मेवारीमा हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।