कोइरालाको निधनमा देउवाद्वारा दुःख व्यक्त

कोइरालाको निधनमा देउवाद्वारा दुःख व्यक्त


नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री दिवंगत सुशील कोइरालाका भाइ विजयकुमार कोइरालाको निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७४ वर्षीय कोइरालाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा विहिबार बिहान निधन भएको कांग्रेसले जनाएको छ । कांग्रेस बाँकेका नेतासमेत रहेका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ ।

कोइरालाको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।