‘अस्ट्रेलियाका नेपालीको सत्कार भुल्न सक्दिनँ-राजन घिमिरे

‘अस्ट्रेलियाका नेपालीको सत्कार भुल्न सक्दिनँ-राजन घिमिरे


‘नेपाली कलाकारहरू विदेशमा लुकेर बसेको अनि दोस्रो दर्जाको नागरिकको हैसियतमा काम गरेर बसेकोमा अस्ट्रेलियामा रहेका नेपालीको मन दु: खेको छ ।’ यो भनाइ हो नायिका रेखा थापाको । आफूले निर्माण गरेको चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ अस्ट्रेलियामा रहेका नेपालीमाझ पर््रदर्शन गरेर नेपाल फर्किएकी नायिका रेखा थापासमक्ष यस्तो गुनासो गरेका थिए अस्ट्रेलियामा रहेका नेपालीहरूले- ‘हामी हाम्रा कलारकाहरूमाथि गर्व गर्दछौँ । तर, हामीले सुनेका छौँ कि विदेश छिर्नासाथ उतै लुकेर बस्ने नेपाली कलाकारहरूको सोच गलत छ ।’ यसै भने अस्ट्रेलियाका नेपालीले रेखा थापासमक्ष, ‘तपाईंचाहिँ यसो नगर्नुहोला र अरूलाई पनि यसो नगर्नु भनेर आग्रह गर्नुहोला ।’ यीबाहेक नायिका रेखा थापाले अस्ट्रेलियामा रहँदा भोगेका र त्यहाँका नेपालीले नेपाली कलाकार र चलचित्रप्रति दर्शाएका सम्मानका बारेमा अनुभव प्रस्तुत गरेकी छिन् ।
कलाकारिता क्षेत्रमा लागेर के पाइयो र खै ? भनेर आफ्नै क्षेत्रप्रति अविश्वास गर्ने कलाकर्मीहरूको सोचसँग म सहमति जनाउँदिनँ । सबैको ‘हाय हाय’ सम्मान अनि नामको वास्तै नगरीकन केवल कलाकारिता क्षेत्रप्रति असन्तुष्टि मात्र व्यक्त गर्नुले अवश्य पनि कालान्तरमा राम्रो परिणाम आउन सक्दैन । त्यसैले मलाई लाग्छ कि आफू लागेको क्षेत्र र पेसाप्रति मन लगाएर निरन्तरता दिँदै अगाडि बढेमा अवश्य पनि एक दिन मीठो फल पाइन्छ भन्ने कुरा सबैले बुझनुपर्छ । आफ्नो विगतलाई नबिर्सेर वर्तमानलाई हेर्ने हो भने कलाकारिता क्षेत्रबाट तपार्इं-हामीले धेरै चिज पाएका छौँ र आगामी दिनमा अझै धेरै चिज पाउन सकिन्छ भन्ने कुरा मैले चलचित्र ‘कसले चोर्‍यो मेरो मन’को विशेष प्रदर्शनीमा सहभागी हुन अस्ट्रेलिया पुग्दा बुझेँ ।
करिब दुई हप्ताको निजी भ्रमणको क्रममा अस्ट्रेलिया पुग्दा मलाई महसुस भयो कि कलाकारिता क्षेत्रमा लागेर मैले सही गरेकी रहेछु । विराटनगरको एउटा गाउँमा जन्मेकी म आज सपनाको देश मानिने अस्ट्रेलिया पुग्दा जति गौरवान्वित थिएँ त्योभन्दा बढी त्यहाँ बसेका नेपालीले मलाई दिनुभएको माया, सद्भाव साथ अनि मान र सम्मान पाउँदा दङ्ग भएँ, मलाई लागेको छ कि त्यहाँ नेपालीले मलाई दिनुभएको साथ र मायाको ऋण म सायदै तिर्न सक्छु होला ।
म जनवरी २७ को दिन नेपालबाट हङकङ हुँदै अस्ट्रेलिया उडेकी थिएँ । २९ तारिखका दिन त्यहाँ एयरपोर्ट पुग्दा मलाई केहीछिन् त डर पनि लाग्यो । किनभने म एक्लै गएकी थिएँ भने मैले कसलाई पनि चिनेकी थिइनँ । राति १० बजे अस्ट्रेलियाको राजधानी सिड्नी पुग्दा केही छिनपछि स्थानीय आयोजक टोलीले मलाई स्वागत गर्‍यो । त्यस दिन आराम गरेपछि भोलिपल्ट ‘डान्स विथ रेखा’ नामक कार्यक्रममा सहभागी भएपछि मेरोबारेमा जान्ने र बुझने उत्सुकता बोकेका नेपालीका कारण म उहाँहरूसँग खुल्न थालेँ । साथमा मेरा थुपै्र पुराना साथीहरूलाई पनि अस्ट्रेलियामा नै भेट्न पाउँदा झनै खुसी लाग्यो । त्यसमध्ये पनि मेरी पुरानी साथी रमिला अधिकारीको साथ पाएपछि त मलाई के चाहियो र ?
अस्ट्रेलियाका तीन सहरमा मेरो चलचित्र ‘कसले चोर्‍यो मेरो मन’को प्रदर्शनी भयो । चलचित्र मात्र उहाँहरूले मन पराउनुभएन कि प्राविधिक रूपमा नेपाली चलचित्रको स्तर विकास भएकोमा पनि स्थानीय नेपालीले मलाई बधाई दिनुभयो । मैले अस्ट्रेलियाको भ्रमणमा बिर्सन नसक्ने एउटा क्षण हो- लेमोजियन गाडी जुन गाडी मैले देखेकी मात्र थिएँ तर भाग्य नै भनौं त्यही गाडी चढ्ने अवसर दिलाइदिनुभयो, अस्ट्रेलियामा रहनुभएका नेपालीले । मैले नेपालमा पनि आफ्नो चलचित्रको प्रिमियर रेट कार्पेटमा गरेकी थिइनँ तर अस्ट्रेलियामा गरिएको विशेष प्रदर्शनीहरू रेट कार्पेटमा नै गरियो । मेरो चलचित्रको विशेष प्रदर्शनीको आयोजना गरेर अस्ट्रेलियामा रहेका नेपालीको संस्था काठमाडौं फिल्मसले ममाथि ठूलो गुन लगाएको छ । विशेष गरेर हलिउडमा कलाकारहरूले प्रयोग गर्ने त्यस्ता महँगा गाडी प्रयोग गर्न दिएर मलाई सम्मान र मानको ठूलै पगरी लगाइदिनुभयो उहाँहरूले ।
नेपालमा हामीलाई हाम्रा कलाकार अनि चलचित्रहरूको बारेमा थाहा छ वा जानकारी राख्छौँ, त्यसभन्दा बढी जानकारी त त्यहाँ बस्ने नेपालीलाई पो रहेछ । नेपाली कलाकारको नराम्रो चर्चा अनि क्रियाकलापका समाचारहरू सुन्दा उहाँहरू निकै चिन्तित पनि हुनुहुँदोरहेछ । अस्ट्रेलियामा रहनुभएका नेपालीले पनि मलाई जस्तो पायो त्यस्तो चलचित्रमा काम नगर्नु भनेर सुझाव पनि दिनुभयो । मबाट कलाकारिता क्षेत्रका लागि ठूलो आशा राख्नुभएको छ उहाँहरूले । उहाँहरूबाट यस्तो अपेक्षाका भावहरू व्यक्त भएपछि अब मैले पनि अफर आएका चलचित्रहरूमध्ये छानेर मात्र राम्रो चलचित्रमा काम गर्ने सोच बनाएकी छु । अस्ट्रेलियामा रहनुभएका नेपालीले आफ्नो मनमा मलाई यसरी सजाउनुभएको छ त्यो मैले कल्पना नै गरेकी थिइनँ । त्यहाँ मैले पाएको माया, सम्मान अनि साथ मेरो जीवनको अविष्मरणीय रहनेछ । करिब दुई हप्ता अस्ट्रेलियामा बिताएका अविष्मरणीय क्षणलाई मानसपटलमा राख्दै र फेरि आउने वाचासहित अस्ट्रेलियामा नै बसोबास गर्ने मेरी पुरानी साथी रमिला अधिकारीका साथ म फेब्रुअरी १७ तारिखका दिन नेपाल फर्किएँ ।

बजारमा बिक्ने नै सेक्स र ग्ल्यामर हो-राजन घिमिरे
विपना दाहाल नेपाली टेलिचलचित्र क्षेत्रमा नयाँ नाम हो । तर, नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिचलचित्र थोरै भए पुगिसरीमा ब्रेक पाएपछि टेलिभिजन दर्शकहरूका लागि विपना परिचित नाम नै बनिसकेको छ । पूर्वी पहाडी जिल्ला संखुवासभाबाट इटहरी झरेदेखि नै उनले स्कुल तहबाट अभिनय सुरु गरेकी थिइन् । एसएसली परीक्षापछि काठमाडौं आएपछि त्यसले र्सार्थकता पायो । भगवान्मा भन्दा अभियनमा विश्वास गर्ने दाहाल सफल र राम्रो कलाकार बन्ने सोचमा छिन् । स्वास्थ्य चेतना जगाउने उक्त टेलिचलचित्रका अलावा दाहालले नेपाल टेलिभिजनबाट प्रसारण हुने सुनौलो संसार नामक अर्को चलचित्रमा पनि अभियन गरेकी छिन् । राजेश हमालकी फ्यान दाहाल प्लस टुमा अध्ययनरत छिन् ।
० हिजोआज केमा व्यस्त ?
– नेपाल टेलिभिजनबाट प्रसारण हुने थोरै भए पुगिसरी र सुनौलो संसार नामक दुई टेलिफिल्ममा काम गरिरहेकी छु ।
० अभिनयमा कसरी प्रवेश गर्नुभयो ?
– सानैदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिफिल्महरू हेर्ने गर्थें । त्यही रहर अहिले आएर पूरा भयो । यसमा साथीभाइ र परिवारको पनि सहयोग रह्यो ।
० कलाकारितामा आउन पारिवारिक सहयोग कस्तो रह्यो ?
– परिवार त अभिनय क्षेत्रप्रति सकारात्मक थिएन र अहिले पनि छैन । म आफ्नै रहरले यो क्षेत्रमा आएकी हुँ । त्यसैले परिवारका लागि पनि केही गरेर देखाउने योजना छ ।
० निर्माता निर्देशकहरूले महिला कलाकारहरूलाई बडी एक्पोज गर्न दबाब दिन्छन् रे नि हो ?
– पक्कै पनि हो । कलाकार हुनका लागि अभिनयभन्दा निर्देशक र निर्माताले चान्स दिनुपर्ने ट्रेन नेपाली कलाकारिता क्षेत्रमा छ । त्यसबाट म पनि अछुतो छैन ।
० आफ्नो अभिनयबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– आफूले सोचेजस्तो अझै गर्न सकेकी छैन । तर, मौका पाएमा नेपाली कला क्षेत्रमा केही योगदान दिने विचार छ ।
० कलाकारलाई ग्यामरले स्थापित गराउँछ कि अभिनयले ?
– हुन त अभिनयले हुनुपर्ने हो तर हाम्रो देशमा ग्यामर नै बढी चलेको छ ।
० अनि अभिनयचाहिँ सिर्जना हो कि व्यापार ?
– अभिनय सिर्जन हुनुपर्ने हो । तर, नेपालमा सिर्जनाभन्दा व्यापार बढी भइरहेको छ ।
० नेपाली चलचित्र माथि उठ्न नसकेको किन होला ?
– दर्शकको इच्छा र चाहनाभन्दा विदेशी नक्कल गरेर तयार गरिएका कारण चलचित्र चल्न सकेका छैनन् । तर, नेपालीपन भएका चलचित्र बनाउने हो भने यो आफैंमा टिक्न सक्छ ।
० ग्ल्यामरका नाममा नेपाली कलाकार अश्लीलताउन्मुख भएको आरोप छ नि ?
– आरोप त के-के लाग्छन्-लाग्छन्, नेपाली समाज पनि आधुनिक हुँदै छ । कलाकारले समाजले खोजेजस्तो दिनुलाई अश्लीलता भनिन्छ र ? सधैं फरिया लगाएर अभियन गर्ने कुरा त भएन नि †
० कलाकारमा सेक्स अपिल हुनु जरुरी छ कि छैन ?
– बजारमा बिक्ने नै सेक्स र ग्ल्यामर हो । जे बिक्छ त्यही कलाकारले दिने हो । त्यसैले विशेषगरी नायिकाहरूमा सेक्स अपिल हुनु जरुरी छ ।
० नेपाली कलाक्षेत्रमा महिला कलकारमाथि यौन शोषण हुन्छ रे नि ?
– पक्कै पनि हो । स्थापित नायिकाहरू सधैं निर्देशक र निर्मातासँग जोडिएका देखिन्छन् । यसरी शोषण त हुन्छ तर राम्रा कलाकार छन् भने शोषण नहुँदा पनि अवसरको कमी छैन ।
० आफ्नो कुन बानी नराम्रो लाग्छ ?
– धेरै हाँस्ने बानी छ मेरो, त्यसमा सुधार गर्न चाहान्छु ।
० अभिनयबाहेक केमा रुचि छ ?
– नृत्य र मोडलिङमा ।
० आगामी लक्ष्य ?
– नेपाली चलचित्र क्षेत्रको स्थापित कलाकार बन्ने रहर छ । यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेकी छु ।

ऋचाको कुरो जति बुझयो उति सारो
आफूलाई अङ्ग्रेजी भाषाको निकै ज्ञाता ठान्छिन् नायिका ऋचा घिमिरे । अङ्ग्रेजी उच्चारण गर्दा पनि उनी विदेशी तरिकाले नै गरि्छन् । अङ्ग्रेजी भाषाको उच्चारणको मामिलामा आफ्ना समकालीनलाई त गन्दै नगन्ने । ऋचाको यस्तो अङ्ग्रेजी उच्चारण क्षमता कतै नक्कली त होइन ? भन्ने कुरा गत साता उनले नै बनाउने भनेर मुहूर्त गरिएको चलचित्र ‘बे्रक फेल’को शुभसाइत समारोहका लागि बाँडिएको निमन्त्रणा कार्डमा देखियो ।
अङ्ग्रेजी भाषाको प्रशस्त ज्ञान भएकी ऋचाले निमन्त्रणा कार्ड छपाउँदा गल्ती गर्नु नपर्ने हो । तर, भएछ यस्तै । भन्नेहरूले त ‘बोल्ने’ मात्र हो ‘लेख्ने’ मामिलामा त ऋचा ‘शून्य’ नै हो पनि भन्न छाडेनन् । ऋचाले राखेको नयाँ चलचित्रको नाम हो- द्यचभबप ँबष् ।ि तर, ऋचाको नामको आसयअनुसार हुनुपर्ने हो द्यचबपभ ँबष् ।ि अब अङ्ग्रेजी नै नजान्ने मान्छेले दुवै शब्दको उच्चारण एकै गरे तापनि अर्थ भने फरक हुन्छ
भन्ने कुरा बुझदैनन् । तर, बुझने मान्छेले त बुझछ नि ऋचाजी ? अब तपाईं नै भन्नु न त द्यचभबप हो कि द्यचबपभ हो ? निम्तोपत्रमा गल्ती भए तापनि घिमिरे ऋचाले भने शुभ-साइतको व्यानरमा भने सच्याएकी थिइन् । ढिलै भए तापनि गल्ती स्वीकार गरेकोमा ऋचालाई धन्यवाद त दिनैपर्छ तर नाम नै गल्ती हुने गरी यसरी हतार-हतारमा शुभ-साइत गर्नुको कारणचाहिँ बुझन सकिएन नि ? कतै मुर्गा भागिहाल्छ कि भन्ने डर त होइन ?