प्रचण्डको चिन्ता अर्कै

प्रचण्डको चिन्ता अर्कै


पार्टी सम्पत्तिको बाँडफाँडसम्बन्धी विषयमा कुरा गर्न पुगेका माओवादी नेता मोहन वैद्य किरणलाई एमाओवादी अध्यक्ष प्रचण्डले बारम्बार प्रश्न गरे– ‘राष्ट्रपतिले कदम चालेमा तपाईंहरूले समर्थन गर्ने हो ?’ पार्टी छुट्टिएपछि दुई पक्षबीच जिल्ला, राज्य र केन्द्रीय समितिमा विभाजनअघि रहेको सङ्ख्यात्मक हैसियतका आधारमा पार्टी सम्पत्ति बाँडफाँड गर्ने सहमति भएको थियो । त्यसअनुसार केन्द्रमा माओवादीले तीस प्रतिशत मात्र प्राप्त गर्ने भए पनि राज्य र जिल्ला तहमा भने पचास प्रतिशत र सोभन्दा बढी सम्पत्ति हात पार्ने स्थिति देखिएको छ । सहमतिअनुरूप पाल्पा जिल्लामा सम्पत्तिको हिसाब गर्दा जम्मा डेढ करोडको सम्पत्ति देखियो र एमाओवादीले माओवादीलाई पचहत्तर लाख रुपैयाँ बुझाउनुपर्ने भयो । तर, हिसाब गरेपछि एमाओवादीले उक्त रकम दिन आनाकानी गर्‍यो । यसै विषयलाई लिएर जिल्लामा तनाव उत्पन्न हुने भएपछि एमाओवादी नेतृत्व पैसा दिनुको सट्टा माओवादीलाई प्रहरी–प्रशासन लगाएर तह लगाउनेतर्फ अघि बढ्यो । यही विषयलाई लिएर गत साता मोहन वैद्य किरण प्रचण्डसँग छलफल गर्न उहाँको लाजिम्पाटस्थित निवासस्थानमा पुग्नुभएको थियो । यसरी सम्पत्ति बाँडफाँडको बारेमा कुरा भइरहँदा प्रचण्डले पटक–पटक वैद्यलाई सोध्नुभयो– ‘तपाईंहरूको साथ राष्ट्रपतिलाई हुन्छ कि हुँदैन ?’ करिब एक घन्टाको वार्तालापका क्रममा प्रचण्डले पाँचपटक उक्त प्रश्न गर्नुभयो तर वैद्यले ‘अहिले यस विषयमा कुरा नगरौँ’ भनेर पन्छाइरहनुभयो । प्रचण्डलाई स्पष्ट जवाफ दिएर वैद्यले उहाँलाई खेल्ने मौका दिन चाहनुभएन । स्मरणीय छ, प्रचण्डमा नेकपा–माओवादीले राष्ट्रपतिलाई साथ दिने हो कि भन्ने चिन्ता व्याप्त देखिएको छ र वैद्य पक्षले साथ दिएमा राष्ट्रपति बलियो बन्न सक्ने उहाँको ठहर छ ।

प्रचण्डका चार विकल्प
संविधानसभाको स्वाभाविक मृत्युपश्चात् एमाओवादी अध्यक्ष प्रचण्ड चारवटा विकल्प बनाएर आफूले तर्जुमा गरेको विकल्प लाद्न रणनीतिक चालबाजीका साथ अघि बढ्नुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार उहाँको पहिलो विकल्प राजनीतिक दलहरूबीच सहमति बनाई आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्ने थियो र उक्त विकल्प कार्यान्वयनका निम्ति उहाँले सुरुका केही समय होसियारीपूर्वक आफ्नो सक्रियता बढाउनुभएको थियो । तर, आफ्नो नेतृत्वमा सरकार गठन हुने कुनै सङ्केत नदेखिएपछि उहाँले दलहरूबीचको सहमतिबाट आफू प्रधानमन्त्री बन्ने विकल्प तत्कालका लागि स्थगित गर्नुभयो र प्रचण्डको दोस्रो विकल्प संविधानसभाको पुनस्र्थापना बन्यो । काङ्गे्रसलाई सरकारको नेतृत्व दिएर भए पनि संविधानसभा पुनस्र्थापना गर्ने र पुनस्र्थापना भइसकेपछि संविधानसभाबाटै आफू बहुमतको प्रधानमन्त्री बन्ने उहाँको योजना थियो । दलहरूबीचको सहमतिबाट अहिले जसलाई सरकारको नेतृत्व दिए पनि संविधानसभा अस्तित्वमा आइसकेपछि संविधानसभाको निर्णय नै सर्वमान्य हुने र सभामा आफ्नो पक्षमा स्पष्ट बहुमत जुट्ने प्रचण्डको विश्वास थियो । तर, काङ्गे्रस र एमालेलगायतका दलहरू औपचारिक निर्णय गरेरै पुनस्र्थापनामा नजाने ताजा जनादेशमा जाने भएपछि प्रचण्डको योजना अलपत्र बन्न पुग्यो । संविधानसभा पुनस्र्थापनामा जान जातिवादी पश्चिमा मुलुकबाहेक अन्य कुनै पनि अन्तर्राष्ट्रिय शक्तिहरू तयार नभएपछि प्रचण्ड आफ्नो दोस्रो विकल्प पनि तत्कालका लागि स्थागित गर्न बाध्य हुनुभएको छ । उहाँको तेस्रो विकल्प डा. बाबुराम भट्टराई नेतत्वको सरकारमा काङ्गे्रस, एमालेलगायत सबै हैसियतवाला दलहरूलाई सामेल गर्ने र निर्वाचनमा जाने भन्ने रहयो र अहिले त्यसैले कार्यान्वयन गर्न प्रचण्ड सक्रिय हुनुभएको छ । बाबुराम नेतृत्वको सरकारलाई सहमतीय सरकारमा रूपान्तरण गराउन राष्ट्रपतिमाथि पनि अहिले दबाब सिर्जना गरिएको छ । बाबुरामको नेतृत्वलाई स्वीकार गरिएमा पूर्वसंविधानसभामा दोस्रो ठूलो दलको हैसियतमा रहेको नेपाली काङ्गे्रसलाई मन्त्रालय छान्न पहिलो मौका दिने र त्यसपछि एमालेलाई मन्त्रालय रोज्ने मौका दिने प्रचण्ड–बाबुरामको योजना छ । तर, काङ्गे्रस र एमाले कुनै पनि हालतमा भट्टराईको नेतृत्वलाई स्वीकार नगर्ने पक्षमा छन् । अब पनि बाबुरामकै नेतृत्वलाई स्वीकार गर्नु भनेको आत्मघाती कदम चाल्नु हो भन्ने बुझाई काङ्गे्रस–एमाले नेतृत्वको छ । त्यसैले प्रचण्ड आफ्नो तेस्रो विकल्पको कार्यान्वयनमा पनि सफल बन्ने सम्भावना देखिएको छैन । तथापि प्रचण्डले आफ्नो यो (तेस्रो) विकल्प कार्यान्वयनका निम्ति सक्रियता देखाउन भने छोड्नुभएको छैन । नेपाली काङ्गे्रसको महामन्त्रीसमेत रहेका झापाका कृष्ण सिटौलालाई बाबुराम नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने वचन दिएर प्रचण्डले यस कार्यका लागि सिटौलालाई उपयोग गर्न खोजिरहनुभएको छ । तर, काङ्गे्रस सभापति सुशील कोइराला बाबुरामलाई विस्थापित गर्न दृढ रहनुभएकोले अहिलेसम्म सिटौलाले काङ्गे्रसभित्र खेल्ने आँट झिक्न सक्नुभएको छैन । त्यसैले प्रचण्ड तेस्रो विकल्प कार्यान्वयनमा पनि असफल हुने स्थिति देखापरेको छ । तेस्रो विकल्प पनि असफल भएमा प्रचण्डले अन्तिम र चौथो विकल्पका रूपमा गैरदलीय व्यक्तिको नेतृत्वमा सरकार गठनलाई अघि सार्ने हुनुभएको छ । कोही पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख या नागरिक समाजका अरू कुनै मान्य व्यक्तिको नेतृत्वमा दलका प्रतिनिधि सम्मिलित सरकार गठनलाई आफ्नो ‘बटमलाइन’ बनाउने प्रचण्डको योजना छ । यसनिम्ति अनुपराज शर्मा, रामप्रसाद श्रेष्ठ, दमननाथ ढुङ्गाना र लोकराज बराल प्रचण्डको ‘च्वाइस’मा परेका छन् । कतिपयले केदारभक्त माथेमा र देवेन्द्रराज पाण्डेको नाम पनि लिएका छन् । अहिले नै चौथो विकल्पमा प्रवेश नभइसकेकोले व्यक्तिका नामहरू सतहमा ल्याइएका छैनन् । तर, तेस्रो विकल्प कार्यान्वयन नहुने निष्कर्षमा पुगिसकेपछि स्वतन्त्र व्यक्ति नेतृत्वको सरकार गठनको प्रस्ताव गर्ने सोच प्रचण्डले बनाइसक्नुभएको छ । चौथो विकल्पमा पनि काङ्गे्रस–एमाले सहमत नभए त्यसबाट पछि नहट्ने र जे परी आउँछ त्यसको सामना गर्ने मानसिकतामा प्रचण्ड रहनुभएको बुझिएको छ ।

निजी सेफ उज्यालो बनाउन डिजल प्लान्ट भित्याइँदै
मोटो कमिसनको चक्करमा पर्दै बाबुराम भट्टराई नेतृत्वको सरकारले महँगो रकम तिरेर डिजेल प्लान्ट ल्याउने तयारी अघि बढाएको छ । उसले लोडसेडिङ न्यूनीकरण्ँको नाममा देशले धान्नै नसक्ने डिजेल प्लान्ट स्थापनाका लागि आन्तरिक प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री भट्टराईले नेतृत्व गरेको ऊर्जा मन्त्रालयले भट्टराईकै निर्देशनमा डिजेल प्लान्ट खरिदको प्रक्रिया अघि बढाएको हो ।
ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार स्थापनामै ५० अर्ब र सञ्चालन गर्न थप १५ अर्ब रुपैयाँ लगानी गरी सरकारले डिजेल प्लान्टमा ल्याउने प्रक्रिया अघि बढाएको छ । सूत्रका अनुसार यति धेरै रकम खर्च गरेर जडान गर्न लागिएको डिजेल प्लान्ट खरिदमा कमिशन पनि निकै पाइनेछ । त्यही कमिशनकै चक्करमा परी अघिल्ला सरकारले पनि डिजेल प्लान्ट खरिदमा पटक–पटक प्रयास गरेको थियो ।
सरकारले लोडसेडिङ न्यूनीकरण्ँ कार्ययोजना ०६९ अन्तर्गत नै डिजेल प्लान्ट स्थापना गर्ने निणर््ँय पारित गरिसकेको छ । सूत्रका अनुसार प्राधिकरण्ँ र ऊर्जा मन्त्रालयका अधिकांश कर्मचारी, जलस्रोत विज्ञहरूको विरोध हुँदाहुँदै प्लान्ट निर्माण्ँ कम्पनीसँग चार महिनाभित्र ३० मेगावाटको र एक वर्Èभित्र दुई सय मेगावाटको प्लान्ट स्थापना गर्ने निणर््ँय भएको छ ।
प्रधानमन्त्री भट्टराईले लोडसेडिङ १२ घन्टामा झार्न निर्देशन दिँदै उनले जतिसुकै महँगो परेको पनि डिजेल प्लान्ट खरिद गर्न कर्मचारीलाई निर्देशन दिएका थिए । मन्त्रालयका एक कर्मचारीले भने, प्रधानमन्त्रीको निर्देशनअनुसार नै डिजेल प्लान्ट ल्याउन लागिएको हो । सरकारले डिजेल प्लान्टका लागि छुट्याएको रकमबाट कम्तीमा पनि चार सय मेगावाटभन्दा बढी उत्पादन क्षमताको विद्युत् निकाल्न सकिन्छ ।
डिजेल प्लान्टका लागि सरकारले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक दिगम्बर झालाई परामर्शदाता तोकेको छ भने प्राधिकरण्ँका महाप्रबन्धक रामचन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ । उनले प्राधिकरण्ँका निर्देशक सुभाÈ दाहाललाई आयोजना प्रमुख तोकेका छन् । प्राधिकरण्ँले ढल्केबर, परवानीपुर, सिमरा, चन्द्रनिगाहपुर, हेटांैडा, भैरहवा, पथलैयालगायतका Ôेत्रमा उक्त प्लान्ट राख्न प्रस्ताव राखेको छ ।
परामर्शदाता झाले दुई सय मेगावाटको प्लान्ट स्थापनाका लागि करिब ५० अर्ब लाग्ने तथा सञ्चालनका लागि प्रत्येक वर्È दिनको आठ घन्टा मात्र चलाउँदा पनि १५ अर्ब रुपैयाँ लाग्ने प्राधिकरण्ँ सञ्चालक समितिको बैठकमा प्रस्तुत गरेका थिए । यति महँगो प्लान्ट स्थापना गर्न नहुने भन्दै प्राधिकरण्ँ सञ्चालक पनि हच्किएका थिए तर सरकारले दबाब दिएपछि प्राधिकरण्ँसमेत बाध्य भएको स्रोतले जनाएको छ ।
सरकारले डिजेल प्लान्ट ल्याउन लागे पनि कसरी डिजेल प्लान्ट बनाउने, कति खर्च लाग्छ, कसरी सञ्चालन गर्ने भन्ने कुनै योजना बनाएको छैन । ‘बिनाकार्यक्रम र बिनाप्रस्ताव अपर्झट प्लान्ट स्थापना गर्ने निणर््ँय गरियो । तर, नेपालमा डिजेल प्लान्टको सम्भावना छैन, आर्थिक रूपमा समेत थेग्न सक्दैन,’ प्राधिकरण्ँका एक कर्मचारीले भने, ‘यो कमिशनको चक्कर मात्र हो ।’
प्राधिकरण्ँका अनुसार हेटांैडाको प्लान्ट तयारी अवस्थामा छ भने दुहबीको ६ युनिटमध्ये एक मात्र तयारी अवस्थामा छ । बाँकी युनिट मर्मतका लागि फिनल्यान्ड पठाउन लागिएको छ । ‘हामीले हेटौंडा तयारी अवस्थामा राखेका छाँै, दुबहीको मर्मत भइरहेको छ,’ प्राधिकरण्ँका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले भने, ‘प्लान्ट निर्माण्ँका लागि प्राधिकरण्ँ सक्रिय छ । महँगो भए पनि सरकारले आर्थिक सहयोग गरेमा प्राधिकरण्ँले सञ्चालन गर्न सक्छ ।’

छ नेता मात्र इमानदार !
राजनीतिकर्मीहरूको विश्वसनीयतामा ह्रास आउँदै गएपछि जनतामा राजनीतिप्रति नै वितृष्णा बढ्दो छ । कुनै पनि नेता र दलले मुलुकको सङ्कट मोचन गर्न सक्ने आशा गर्न छोडिएको छ । दलहरू मिलून् र समाधानको ढोका खोलून् भन्ने जनचाहनामा तुषारापात भएपछि आमनेपाली जनता यतिबेला अप्रत्यासित घटनाको प्रतीक्षा गर्न विवश छन् । देशलाई सम्हाल्न सक्ने सामथ्र्य नेपाली राजनीतिले गुमाउँदै गएकोले जनता यसरी अप्रत्यासित घटना उत्पत्तिको प्रतीक्षा गर्ने मानसिकता बनाउन पुगेका हुन् । राजनीतिकर्मी, राजनीतिक दल र राजनीतिप्रति नै यसरी वितृष्णा पैदा हुनु भनेको प्रजातन्त्रमाथि सङ्कट उत्पत्तिको आधार तयार हुनु हो, जुन आधार यहाँ खडा भइनै सकेको छ । यसरी आमराजनीतिप्रतिको विश्वसनीयतामा सङ्कट पैदा भएको भए पनि केही राजनीतिकर्मीहरूलाई भने अपेक्षाकृत इमानदार मानिँदै छ, को छन् त त्यस्ता इमानदारहरू, जसप्रति जनतामा अझै पनि आशाको धुकधुकी कायम छ, यहाँ त्यसैको सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
०६३ को राजनीतिक परिवर्तनपछि एकाएक चम्किएका नेता प्रचण्ड हुन् र उनले नेपालको शान्ति, स्थिरता र समृद्धि प्राप्तिमा चामत्कारिक योगदान पुर्‍याउने आशा राखिएको थियो । एउटा जोखिमपूर्ण हिंसात्मक पृष्ठभूमिको जगबाट उत्पन्न भएका प्रचण्डमा केही रचनात्मक क्षमता थियो भने उनका लागि ०६३ यताको समय केही गर्नका लागि स्वर्ण अवसरका रूपमा उपलब्ध थियो । सिङ्गै मुलुकले प्रचण्डको मुख ताकिरहेको थियो, तर आफूलाई शान्ति र समृद्धि प्राप्तिका निम्ति समर्पण गर्नुपर्नेमा प्रचण्डचाहिँ केवल सत्ताको मुख ताकिरहे । आफ्नो बोली, व्यवहार र क्रियाकलापका कारण प्रचण्डले ६ वर्षको अवधिमा आफ्नो छवि रसातलमा पुर्‍याए र इमानदारविहीन नेताको पहिचान बनाए । दुःखका साथ भन्नुपर्छ– धेरैले आशा राखेका नेता प्रचण्ड कालान्तरमा देशकै एक नम्बरका इमानदारविहीन प्रमाणित हुने स्थिति बन्यो । बोल्ने, बोलेका कुरा कहिल्यै पूरा नगर्ने, सम्झौता गर्ने तर त्यसको पालना गर्न कहिल्यै उत्सुक र इच्छुक नहुने स्वभावका कारण इमानदारविहीन दोस्रो नम्बरमा पनि प्रचण्ड नै पर्न पुगेको महसुस जनताले गरेका छन् । सत्ताका निम्ति देशलाई समेत दाउमा राख्न नहिचकिचाउने आफ्नो क्रियाकलाप र सोचका कारण तेस्रो गैरइमानदार नेताको प्रतिस्पर्धामा पनि प्रचण्ड नै अगाडि देखिएको जनठहर छ । चौथो नम्बरका इमानदारविहीन नेताको रूपमा भने नेपाली काङ्गे्रसका शेरबहादुर देउवालाई लिन थालिएको छ । सत्तालाई आफ्नो बपौती ठान्ने, सत्ताका निम्ति जोसुकैसँग जस्तोसुकै सम्झौता गर्न पनि अग्रसर रहने, प्रधानमन्त्री पदका लागि आफैँलाई मात्र योग्य ठान्ने र हरेक अवस्थामा आफैँलाई अगाडि सारिरहने, सिद्धान्त र विचारलाई परित्याग गरी पदलाई नै प्रमुख गन्तव्य बनाउने देउवा आर्थिक रूपमा अस्वाभाविक किसिमले सम्पन्नता आर्जन गरेर विवादास्पद बनेका छन् । त्यसैले चौथो नम्बरका गैरइमानदार नेताको पहिचान बनाउन देउवा पूर्ण रूपले सफल भएको मानिन्छ । विद्यमान राजनीतिमा बेइमानीका निम्ति प्रचण्डलाई पछ्याउन सक्ने एक मात्र ‘प्रजातन्त्रवादी’ नेता देउवा बन्न सकेका छन् । गैरइमानदार र देउवासँग तुलना गर्न योग्य अरू कुनै पनि नेता देखिएका छैनन् । तथापि पाँचौँ नम्बरका बेइमान नेतामा विजय गच्छदारको नाम लिनु उपयुक्त हुने धेरैको ठम्याइ छ ।
इमानदारहरूको चर्चा गर्नुपर्दा अहिलेसम्म राष्ट्रपति डा. रामवरण यादव, काङ्गे्रस सभापति सुशील कोइराला, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा–माओवादीका नेता मोहन वैद्य किरण, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी र नेकपा मसालका नेता मोहनविक्रम सिंह अग्रपङ्क्तिमा रहेको महसुस जनताले गरेका छन् । यद्यपि डा. रामशरण महत, विद्या भण्डारी, केपी ओली, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, झलनाथ खनाल, रामबहादुर थापा बादल र डा. बाबुराम भट्टराईलगायतलाई पनि इमानदारहरूकै लहरमा राखेर हेर्ने गरिन्छ । तर, प्रधानमन्त्री भइसकेपछिको व्यवहारले डा. बाबुराम भट्टराई इमानदारहरूको सूचीबाट हट्ने खतरा बढेको छ । उनीमाथि राष्ट्रियतामाथि नै धोखाधडी गरेको गम्भीर आरोप लागिरहेको छ ।
मन्त्री भूमिकामा रहँदा डा. रामवरण यादवका क्रियाकलापलाई सहज मानिँदैनथ्यो, उनी पनि यदाकदा विवादको घेरामा तानिने गर्दथे । तर, राष्ट्रपति बनिसकेपछि भने उनले आफूमाथि प्रश्न उठ्ने ठाउँ दिएका छैनन् । प्रचण्ड–बाबुरामहरूले राजनीतिक कारणबाट डा. यादवलाई विवादास्पद तुल्याउन प्रयास गरेका भए पनि जनताका बीचमा एक इमानदार नेताको छवि बनाउने सफलता उनलाई प्राप्त भएको छ । खासगरी उनी राष्ट्रवादी भावनाको भएको विश्वास जनताले गरेका छन् र राष्ट्रियतामाथि डा. यादवबाट कुनै प्रकारको धोखाधडी नहुने विश्वास गरिन्छ ।
गतिशीलताको अभाव खट्किए पनि काङ्गे्रस सभापति सुशील कोइरालाको इमानदारीमाथि प्रश्न उठाउन अहिलेसम्म कसैले पनि सकेका छैनन् । कोइरालाको छवि एक खाँटी प्रजातन्त्रवादी, राष्ट्रप्रेमी, आर्थिक रूपमा निष्कलङ्कित र पूर्ण इमानदार नेताको रूपमा बनेको छ । सिद्धान्त, विचार र आदर्शप्रतिको निष्ठाले कोइरालालाई इमानदार नेताको दर्जा मिलेको छ । कम्तीमा पनि राष्ट्र र प्रजातन्त्रलाई धोखा हुने काम सुशील कोइरालाबाट कदापि हुने छैन भन्नेमा जनता विश्वस्त छन् । त्यस्तै नेकपा–माओवादीका नेता मोहन वैद्यलाई पनि राष्ट्र र जनताप्रति पूर्ण इमानदार नेताका रूपमा लिइन्छ । वैद्यले अवलम्बन गरेको माओवादी विचार प्रजातन्त्रको निम्ति प्रतिकूल भए पनि देश र जनताप्रति बेइमानी उनीबाट नहुनेमा धेरैको विश्वास छ । चित्रबहादुर केसी आफ्नो इमानदारीपूर्ण बोली र व्यवहारका कारण ०६३ पछि चुलिँदै गएका नेता हुन् । केसीमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले त्यति भरोसा राखेका छैनन्, तर जनतामा एक इमानदार र निष्ठावान नेताको छवि बनाउने सफलता केसीलाई मिलेको छ । केसीसँगै गाँसिएका नेता मोहनविक्रम सिंहले धेरै लामो समय भूमिगत जीवन बिताएका हुनाले जनता उनका बारेमा कम जानकार छन् । तर, उनलाई जतिले चिनेका छन् एक इमानदार र सिद्धान्तनिष्ठ एवम् देशभक्त नेताकै रूपमा बुझेका छन् । नारायणमान बिजुक्छे नेपाली वामपन्थी राजनीतिमा लामो योगदान पुर्‍याएका विशिष्ट नेता हुन् । बिजुक्छेको साङ्गठनिक प्रभाव राष्ट्रव्यापी हुन नसके पनि उनको छविचाहिँ राष्ट्रिय नै बनेको छ । भक्तपुरलाई केन्द्र बनाएर राजनीति गर्दै आएका बिजुक्छेमा सत्तामोह कहिल्यै देखिएन, उनी जातीय तथा क्षेत्रीय भावनाबाट मुक्त छन् र देश तथा जनताप्रतिको इमानदारीपूर्ण निष्ठालाई उनले कायम राखेका छन् । बिजुक्छेको बोली, व्यवहार र जीवनशैलीका कारण उनी देशवासीहरूले भरोसा राख्न सक्ने हैसियतमा पुगेका छन् ।
यसरी मुलुकका ६ जना नेताहरू डा. रामवरण यादव, सुशील कोइराला, चित्रबहादुर केसी, मोहन वैद्य किरण, नारायणमान बिजुक्छे र मोहनविक्रम सिंहलाई सर्वाधिक इमानदार नेताको रूपमा बुझ्न सकिने स्थिति छ भने ठीक विपरीत पङ्क्तिका नेतामा प्रचण्ड, शेरबहादुर देउवा र विजयकुमार गच्छदारले आफूहरूलाई स्थापित गरेका छन् ।

भ्रष्ट भाञ्जालाई जोगाउन मामा मुक्ति सक्रिय
नेपाल प्रहरीमा सबैभन्दा धनी अधिकृतका रूपमा चिनिएका एसएसपी रविराज श्रेष्ठ तस्करी अभियोगमा प्रहरी सङ्गठनबाट निलम्बित भएपछि उनलाई जोगाउन महान्यायाधिवक्ता मुक्ति प्रधान सक्रिय हुनुभएको जानकारी प्राप्त भएको छ । वामदेव गौतम गृहमन्त्री हुँदा विमानस्थलबाट प्रहरीकै गाडीमा तस्करीको सुन राखी तस्करसम्म पुर्‍याउनेसम्मको काम गरेर बदनाम भएका रविराजलाई केही भ्रष्ट राजनीतिकर्मीहरूले संरक्षण गरी एसएसपी तहसम्म पुर्‍याएका थिए । इन्स्पेक्टरदेखि एसएसपीसम्म पुग्दा श्रेष्ठले डेढ अर्बभन्दा बढीको सम्पत्ति आर्जन गर्न सफल भएको अनुमान उनकै सहकर्मीहरूको छ । कोटेश्वरस्थित करोडौँ लगानी गरेर बनाएको आफ्नो बंगलामा श्रेष्ठले एउटै बाथरुम बनाउन एक्काइस लाख खर्च गरेको बताइन्छ । विमानस्थलमा यसपालि चौथोपटक सरुवा भई गएका रविराज श्रेष्ठले त्यहाँ पुग्नेबित्तिकै तस्करी धन्दा सुरु गरेका थिए । विदेशी मुद्रा अवैध रूपमा लुकाई लैजान लागेको अवस्थामा फेला परेपछि त्यसमा रविराजको संलग्नता रहेको पुष्टि भएको थियो । एआईजीपी भीष्म प्रसाईंको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानपश्चात् तस्करीमा रविराजको प्रत्यक्ष संलग्नता रहेको प्रमाण भेटेपछि सङ्गठनबाट उनी निष्कासित भएका थिए । यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतबाट निर्णय हुन बाँकी नै छ । तर, महान्यायाधिवक्ता मुक्ति प्रधान भने रविराजलाई जोगाउन ज्यान फालेर लागिपरेका छन् । रविराज श्रेष्ठ नातामा मुक्ति प्रधानको भाञ्जा पर्ने भएकोले र बेलाबखतमा उनीबाट आर्थिक लाभ पनि प्राप्त गर्ने गरेकोले प्रधान यसरी श्रेष्ठलाई जोगाउन सक्रिय भएको बुझिएको छ ।

भ्रष्टाचारीको नाम खोज्दा अधिवक्तालाई चेतावनी
नेकपा एमाओवादीभित्र भ्रष्टाचारका विषयमा को–कसका विरुद्ध कस्तो उजुरी परेको छ भनी जान्न चाहने एक अधिवक्तालाई माओवादीसम्बद्ध अर्का वकिलले आफ्नो माग फिर्ता लिन चेतावनी दिएका छन् । एमाओवादीभित्र व्यापक भ्रष्टाचार भएको आरोप लडाकु तथा अन्य कार्यकर्ताहरूबाट लागेपछि पार्टी अध्यक्ष प्रचण्डले अमीक शेरचनको संयोजकत्वमा एक छानबिन समिति गठन गरेका थिए । समितिले सार्वजनिक आह्वान गरी उजुरी माग गरी छानबिनको प्रक्रिया सुरु गर्ने तत्परता लिएको थियो । तर, चार महिना बितिसक्दा पनि शेरचनले आफ्नो काममा कुनै प्रगति गर्न सकेका छैनन्, एमाओवादीले भ्रष्टाचारका विषयमा छानबिन गरेर आफ्नै नेताहरूलाई दोषी ठहर गर्ने हिम्मत गर्ला भन्ने ठानिएको पनि छैन । यसैबीचमा अधिवक्ता रामहरि त्रिपाठीले छानबिन समितिमा क–कसका विरुद्ध कस्ता उजुरी परेका छन् भन्ने जानकारी माग गर्दै सूचनाको हकसम्बन्धी कानुनी प्रावधानमा टेकेर अमीक शेरचनसमक्ष एक निवेदन दिएका थिए ।
पन्ध्र दिनसम्म पर्खंदा पनि शेरचनबाट कुनै जानकारी प्राप्त नभएपछि रामहरिले पार्टी अध्यक्ष प्रचण्डलाई सम्बोधन गरी हुलाकमार्फत अर्को निवेदन दिए । प्रचण्डलाई निवेदन दिएको दशौँ दिन बितिसक्दा पनि कुनै ‘रेस्पोन्स्’ नभएपछि उनले सूचना आयोगमा निवेदन गरेका थिए । डेढ महिनाको अवधिमा सूचना आयोगले एमाओवादी पार्टी कार्यालयमा पटकपटक पत्राचार गरी माग गरिएबमोजिमको सूचना उपलब्ध गराउन आग्रह गर्‍यो, तर सूचना आयोगलाई पनि एमाओवादी कार्यालयले कुनै जवाफ दिएन, बरु आयोगको उपेक्षा गरिरह्यो ।
यसरी आफ्ना पत्रहरूको उपेक्षा गर्दै माग गरिएबमोजिमको जवाफ नदिएपछि आयोगले थप कानुनी प्रक्रिया अवलम्बन गर्ने चेतावनी एमाओवादी कार्यालयलाई दियो । परिस्थितिले अलिक गम्भीर मोड लिन लागेपछि यही कात्तिक १४ गते बसेको एमाओवादी पदाधिकारी बैठकमा उक्त विषयलाई लिएर गम्भीर छलफल भएको बुझिएको छ । बैठकमा निवेदन दिने व्यक्तिका बारेमा लामो छलफल भयो । बैठकका सहभागीमध्ये केहीले निवेदक अधिवक्ता रामहरि त्रिपाठी एमाओवादीकै समर्थक भएको धारणा राखेका थिए भने केहीले चाहिँ पार्टीविरोधी कुनै षड्यन्त्रकारी हुनसक्ने अनुमान गरेका थिए । मजदुर नेता एवम् पूर्वसभासद् शालिकराम जमकट्टेललाई टेलिफोन सम्पर्क गरी रामहरिका बारेमा बुझ्दा उनी पार्टीसमर्थक भएको पुष्टि शालिकरामले गरेका थिए । त्यसपछि माओवादीसमर्थित वकिलहरू रमण श्रेष्ठ, रामनारायण विडारीलगायतलाई पार्टी कार्यालय पेरिसडाँडामा बोलाइयो । प्रचण्डलगायतका नेताहरूसँग उनीहरूको सङ्क्षिप्त छलफलपश्चात् रमण श्रेष्ठ र रामनारायण विडारीले निवेदक रामहरि त्रिपाठीलाई सूचना आयोगमा दिइएको उजुरी फिर्ता गर्न लगाउने वचन दिँदै सोको जिम्मेवारी लिएर फर्किए । पेरिसडाँडाबाट फर्किएका रमण श्रेष्ठ र रामनारायण विडारीले अधिवक्ता रामहरिसँग अलग–अलग भेटी सूचना आयोगमा दिएको उजुरी फिर्ता लिन भनेका छन् । रमण श्रेष्ठले चाहिँ भेटका क्रममा सहकर्मी रामहरिलाई ‘उजुरी फिर्ता नलिए राम्रो नहुने’ भन्दै चेतावनी नै दिएका छन् । श्रेष्ठले कात्तिक १६ गते बिहान दश बजेभित्र निवेदन फिर्ता लिन समयसीमा (अल्टिमेटम) दिएका थिए । निवेदन फिर्ता नलिए तपाईंलाई अप्ठ्यारो पर्छ भनी रमणले भनेपछि रामहरिले ‘यदि पार्टीले निवेदन फिर्ता लिन भनेको हो भने आफूलाई पार्टीको लिखित पत्र चाहिने’ जवाफ दिएका छन् । रामहरिले लिखित पत्र माग्नुलाई पनि रमण श्रेष्ठले स्वाभाविक रूपमा लिन खोजेनन् र भने, ‘किन चाहियो तपाईंलाई पत्र ?’
यसरी एमाओवादी नेतृत्वले सूचना माग्ने एक सचेत नागरिकलाई सही सूचना उपलब्ध नगराएर उल्टै धम्क्याउनुले ‘अमीक शेरचन कमिटी’ एउटा नौटंकी मात्र भएको स्पष्ट गराएको छ । स्मरणीय छ, एमाओवादी नेतृत्वले लडाकुको नाममा करिब पौने तीन अर्बबराबरको भ्रष्टाचार गरेको अनुमान गरिएको छ । भ्रष्टाचारबारे गम्भीर ढङ्गले पार्टीभित्रै आवाज उठेपछि कार्यकर्ताहरूको आक्रोशलाई मत्थर पार्न मात्र छानबिन समिति गठनको नाटक मञ्चन भएको थियो । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भए पनि अख्तियारका तात्कालिक सचिव भगवती काफ्लेले ‘पार्टीमा छानबिन भएकोले हामीले गर्नु नपर्ने’ भन्ने गैरजिम्मेवारपूर्ण जवाफ दिएका थिए । अख्तियार पार्टीले छानबिन गर्दै छ भनेर पन्छिने, पार्टीले चाहिँ केही पनि नगर्ने भएपछि मुलुकको इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार प्रकरण त्यसै सेलाएर जानसक्ने सङ्केतहरू देखिएका छन् । यस सम्बन्धमा चासो देखाउने नागरिकलाई समेत धम्क्याउन थालिएपछि मुलुकमा भ्रष्टाचारीहरूको मनोबल कति बलवान भएको छ भन्ने स्पष्ट हुन पुगेको छ ।

पहिलोपल्ट बोले पूर्वराजाले
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट सात वर्षपछि पहिलोपटक सार्वजनिक समारोहलाई सम्बोधन भएको छ । ०६५ सालमा नारायणहिटीबाट बाहिर निस्कनुभएपछि उहाँले कात्तिक २१ गते मंगलबार नवलपरासीमा आयोजित एक विशाल धार्मिक समारोहलाई औपचारिक रूपमा सम्बोधन गर्नुभएको हो । नवलपरासीको गोपालपुरमा निर्मित गोरक्षनाथ मन्दिरमा उपस्थित साधुसन्त तथा जनसाधारणलाई सम्बोधन गर्दै पूर्वराजाले भन्नुभएको छ, ‘गोरखनाथ बाबाको आशीर्वादका कारण निर्माण भएको यस देशमा राज्य–व्यवस्था एक निश्चित पद्धति र निर्णायक ढङ्गले चल्नुपर्दछ । राज्य–व्यवस्थाको एक आधार केन्द्र भएन भने राज्य पद्धति पनि भताभुङ्ग हुन्छ । त्यसैले अदूरदर्शी नीति–निर्णयप्रति सबै सजग रहनुपर्छ भन्ने मेरो मान्यता छ ।’ सम्बोधन सुरुमा ‘उपस्थित आदरणीय विशिष्ट योगीजीहरू, सन्त, महन्थ तथा धर्ममा आस्था राख्नुहुने समस्त महिला तथा सत्जनवृद्ध’ भन्दै पूर्वराजाले आफ्नो वक्तव्यमा भन्नुभएको छ, ‘गोरखनाथ बाबा गोरखाको मात्र नभई नेपाल राष्ट्रकै एक मान्य दैवीशक्ति हुनुहुन्छ । उहाँकै प्रेरणा र शक्तिका कारण हाम्रा पुर्खाले नेपाल राष्ट्रको एकत्व शक्तिको निर्माण गर्न सफल भएको ऐतिहासिक यथार्थलाई कसैले भुल्नु हुँदैन भन्ने मेरो धारणा छ । गोरख जगाउने एवम् निरन्तर राष्ट्र निर्माणमा जाग्ने हाम्रो परम्परा हो, यो सदैव रहिरहोस् ।’
‘परासी जिल्लास्थित गोपालपुरमा निर्माण गरिएको गोरक्षनाथको मन्दिरमा विश्व कल्याणार्थ श्री शिव गोरक्ष– कालिका महायज्ञ एवम् देवीदेवताको पूजामा सरिक हुन पाउँदा आफूलाई भाग्यशाली सम्झेको बताउँदै पूर्व श्री ५ महाराजाधिराजले भन्नुभयो, ‘सनातन धर्म मानवीय जीवनमा धारण गरिने गहन आदर्श तथा मान्यता हो, यसले जीवनलाई सुदृढ, पवित्र आचारयुक्त पार्न प्रेरित गर्दछ ।
हाम्रो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले हामीलाई सदैव सत्मार्गतर्फ डोर्‍याउँदै एक सुनिश्चित निरन्तरतातर्फ लैजान्छ । यस मन्दिर स्थापना कार्यमा संलग्न सबै र विशेषगरी योगी आदित्यनाथजीलाई धन्यवाद दिन चाहन्छु, साथै यस पावन अवसरमा मलाई आमन्त्रण गर्नुभएकोमा आयोजक समिति तथा संलग्न सबैमा हार्दिक धन्यवाद एवम् कृतज्ञता जापन गर्न चाहन्छु ।’
गोरक्षानाथ मन्दिरमा आयोजित समारोहमा भाग लिन पूर्वराजा गत सोमबार सडकमार्ग हुँदै प्रस्थान गर्नुभएको थियो । उहाँलाई चितवन र नवलपरासी जिल्लामा स्थानीय बासिन्दाहरूले ठाउँठाउँमा भव्य स्वागत गरेका थिए । उहाँ आज बुधबार हवाईमार्ग हुँदै राजधानी फर्कनुहुने बुझिएको छ ।

पहिलोपल्ट बोले पूर्वराजाले
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट सात वर्षपछि पहिलोपटक सार्वजनिक समारोहलाई सम्बोधन भएको छ । ०६५ सालमा नारायणहिटीबाट बाहिर निस्कनुभएपछि उहाँले कात्तिक २१ गते मंगलबार नवलपरासीमा आयोजित एक विशाल धार्मिक समारोहलाई औपचारिक रूपमा सम्बोधन गर्नुभएको हो । नवलपरासीको गोपालपुरमा निर्मित गोरक्षनाथ मन्दिरमा उपस्थित साधुसन्त तथा जनसाधारणलाई सम्बोधन गर्दै पूर्वराजाले भन्नुभएको छ, ‘गोरखनाथ बाबाको आशीर्वादका कारण निर्माण भएको यस देशमा राज्य–व्यवस्था एक निश्चित पद्धति र निर्णायक ढङ्गले चल्नुपर्दछ । राज्य–व्यवस्थाको एक आधार केन्द्र भएन भने राज्य पद्धति पनि भताभुङ्ग हुन्छ । त्यसैले अदूरदर्शी नीति–निर्णयप्रति सबै सजग रहनुपर्छ भन्ने मेरो मान्यता छ ।’ सम्बोधन सुरुमा ‘उपस्थित आदरणीय विशिष्ट योगीजीहरू, सन्त, महन्थ तथा धर्ममा आस्था राख्नुहुने समस्त महिला तथा सत्जनवृद्ध’ भन्दै पूर्वराजाले आफ्नो वक्तव्यमा भन्नुभएको छ, ‘गोरखनाथ बाबा गोरखाको मात्र नभई नेपाल राष्ट्रकै एक मान्य दैवीशक्ति हुनुहुन्छ । उहाँकै प्रेरणा र शक्तिका कारण हाम्रा पुर्खाले नेपाल राष्ट्रको एकत्व शक्तिको निर्माण गर्न सफल भएको ऐतिहासिक यथार्थलाई कसैले भुल्नु हुँदैन भन्ने मेरो धारणा छ । गोरख जगाउने एवम् निरन्तर राष्ट्र निर्माणमा जाग्ने हाम्रो परम्परा हो, यो सदैव रहिरहोस् ।’
‘परासी जिल्लास्थित गोपालपुरमा निर्माण गरिएको गोरक्षनाथको मन्दिरमा विश्व कल्याणार्थ श्री शिव गोरक्ष– कालिका महायज्ञ एवम् देवीदेवताको पूजामा सरिक हुन पाउँदा आफूलाई भाग्यशाली सम्झेको बताउँदै पूर्व श्री ५ महाराजाधिराजले भन्नुभयो, ‘सनातन धर्म मानवीय जीवनमा धारण गरिने गहन आदर्श तथा मान्यता हो, यसले जीवनलाई सुदृढ, पवित्र आचारयुक्त पार्न प्रेरित गर्दछ ।
हाम्रो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले हामीलाई सदैव सत्मार्गतर्फ डोर्‍याउँदै एक सुनिश्चित निरन्तरतातर्फ लैजान्छ । यस मन्दिर स्थापना कार्यमा संलग्न सबै र विशेषगरी योगी आदित्यनाथजीलाई धन्यवाद दिन चाहन्छु, साथै यस पावन अवसरमा मलाई आमन्त्रण गर्नुभएकोमा आयोजक समिति तथा संलग्न सबैमा हार्दिक धन्यवाद एवम् कृतज्ञता जापन गर्न चाहन्छु ।’
गोरक्षानाथ मन्दिरमा आयोजित समारोहमा भाग लिन पूर्वराजा गत सोमबार सडकमार्ग हुँदै प्रस्थान गर्नुभएको थियो । उहाँलाई चितवन र नवलपरासी जिल्लामा स्थानीय बासिन्दाहरूले ठाउँठाउँमा भव्य स्वागत गरेका थिए । उहाँ आज बुधबार हवाईमार्ग हुँदै राजधानी फर्कनुहुने बुझिएको छ ।

अल्काको नेतृत्वमा फेरि कुमार
स्थापना भएको छोटो अवधिमै स्वास्थ्य सेवामा फड्को मार्न सफल भएको अल्का अस्पतालको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारसभामा यसअघि नेतृत्व गर्दै आएका तिलकबहादुर (कुमार) थापा, विद्या श्रेष्ठ (थापा) लाई नै यो कार्यकालका लागि अध्यक्ष चयन गर्न चर्को आवाज उठेपछि सर्वसम्मत पदाधिकारी चयन गरिएको थियो । कुमार थापाको अध्यक्षतामा गठित सञ्चालक समितिमा विधा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, डा. दीपेन्द्र श्रेष्ठ र शिवबहादुर बस्नेतलाई सर्वसम्मत निर्वाचित भएका छन् । साधारणसभामा अध्यक्ष थापाले पेस गरेको प्रतिवेदन सर्वसम्मत पास गरिएको कुरा एक सहभागीले घटना र विचारलाई बताए । सादा जीवन उच्च विचार लिएर अहोरात्र अल्का अस्पतालको चिन्ता लिने कुमारको नेतृत्वले अस्पतालले अझ विकास गर्ने कुरामा साधारणसभाका सदस्यले आशा गरेका बताइएको छ ।

राष्ट्रकविको अभिनन्दन, मातृदासलाई सम्मान र हामी बाँसुरी लोकार्पण
बालबालिकाहरू समाजका मुटु र राष्ट्रका मेरुदण्ड हुन् र, बालसाहित्य नै सम्पूर्ण साहित्यको जग हो । बालसाहित्यलाई आफ्नो सिर्जनाको महत्वपूर्ण अङ्ग मान्नु हुने राष्ट्रकवि माधव घिमिरेले एक भव्य समारोहमा कवि एवम् गीतकार रामेश्वर राउत मातृदासद्वारा रचित तथा भेनस पब्लिक स्कुलले निर्माण गरेको ‘हामी बाँसुरी’ नामक बालगीतको सीडी लोकार्पण गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै बालसाहित्यमा निरन्तर कलम चलाउँदै आइरहेका मातृदासको सिर्जनामा इन्द्रावतीजस्तै गतिशीलता आएकोमा खुसी प्रकट गर्नुभयो । लोकर्पित उक्त सीडी एल्बम ‘हामी बाँसुरी’भित्र ६ वटा गीत रहेका छन् र यसलाई युवा सङ्गीतकार हेम वाइबाले संगीतबद्ध
गरेका छन् ।
समारोहमा राष्ट्रकविले सानासाना बालबालिका र किशोरकिशोरीहरूलाई सिर्जनात्मक काममा लाग्न प्रेरित गर्दै जीवनमा सिर्जनशील, सहनशील र सहयोगी बन्न सके सधैँ सफल बन्न सकिने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खनालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विद्यालयका प्राचार्य समय पोखरेलले आगामी दिनहरूमा पनि बालबालिकाहरूको हितमा समर्पित भएर काम गर्दै जाने बताउनुभयो । सोही अवसरमा राष्ट्रकविको व्यक्तित्व श्रीहरि फुयाँल, गीत एल्बमबारेमा वरिष्ठ साहित्यकार प्रमोद प्रधान र यादव भट्टराईले प्रकाश पार्नुभएको थियो । सोही समारोहमा राष्ट्रकवि बालसाहित्य सिर्जनामा विगत तीन दशकदेखि कलम चलाउँदै आइरहनु भएका कवि एवम् गीतकार मातृदासले ‘हामी बाँसुरी’ भित्र भएका सबै गीतमा बालबालिकाको भाषा र भावमा देश बोलेको र बालसाहित्य सिर्जनामा आफू निरन्तर लागिरहने बताउनुभयो । अभिनन्दित व्यक्तित्व राष्ट्रकवि माधव घिमिरेलाई आफ्नो प्रेरणाको स्रोत बताउँदै उहाँको अभिनन्दन र आफ्नो सम्मान एकसाथ भएकोमा खुसी प्रकट गर्नुभयो । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्ष कमलादीमा भएको थियो ।

रेसुङ्गा क्याम्पसमा दानवीरको ओइरो
०३९ सालमा गुल्मेली जनताको प्रयासमा स्थापित रेसुङ्गा बहुमुखी क्यापसको स्तरवृद्धिका लागि आयोजित श्रीभद्भागवत ज्ञान महायज्ञमा दान गर्ने दानवीरहरूबीच तँछाडमछाड भएको छ । विगत लामो समयदेखि क्याम्पसको कार्यालय सहायक (परिचर) ले चौडा छाती बनाएर एक लाख एक हजार सहयोग गरी दान गर्नेको ढोका खोलेपछि त्यहाँ अन्य उद्योगी–व्यवसायीलाई नैतिक सङ्कट उत्पन्न भएको थियो । वाचनशिरोमणि नारायणप्रसाद पोखरेलका सुपुत्र वाचनप्रवीण दीनबन्धु पोखरेलले कथा वाचन गरिरहेको उक्त महायज्ञमा क्याम्पसका परिचर हिमलाल कँडेलको घरको आँगनमा खुल्न लागेको डिग्री स्तरलाई सबैले सहयोग गर्न आग्रह गर्दै उक्त रकम दान गरेर ढोका खोलिदिएका हुन् ।
तमघासबाट पत्रकार तारा भुसालले घटना र विचारलाई टिपाएको समाचारअनुसार हालसम्म चिन्तामणि–नीमकला भुसाल प्रतिष्ठानले नगद १५ लाख एक हजार एक सय ११ रुपैयाँ क्याम्पसका लागि सहयोग गरेका छन् । प्रतिष्ठान नन्दनराम भुसाल, डिल्लीराज भुसाल र बालकृष्ण भुसालले आफ्ना स्वार्गीय मातापिताको नाममा स्थापना गरेको संस्था हो । त्यस्तै तमघास गाविस–४ निवासी राजकुमार श्रेष्ठले स्थानीय मूल्याङ्कनअनुसार रु. १२ लाख मूल्य पर्ने घडेरी क्याम्पसलाई दान गरेका छन् । तमघास गाविस–१ कै मानबहादुर श्रेष्ठले पनि नगद दुई लाख १० हजार रुपैयाँ र हस्तिचौर गाविसमा रहेको खेतीयोग्य जमिन १८ रोपनी दान गरेका छन् । महर्षि ऋश्यशृङ्ग्य ऋषिले तपस्या गरेको तपोभूमि रेसुङ्गाधामको काखमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन र मानविकीतर्फ स्नातक तहसम्म र शिक्षातर्फ स्नातकोत्तर तहसम्म कक्षा सञ्चालन भइरहेका छन् । स्नातकोत्तर (डिग्री) तहलाई परिपूर्ण बनाउन र क्याम्पसलाई एउटा अनुसन्धान केन्द्रको रूपमा विकास गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिएको यज्ञ सञ्चालन समितिका अध्यक्ष सुरेश भुसालले बताउनुभयो । ०३९ सालमा गुल्मेली जनताले शिक्षाको विकासका लागि आफ्नो गाँस काटेर निरन्तर सहयोग गरेको रेसुङ्गा क्याम्पसले अहिलेसम्म सरकारी क्याम्पसका रूपमा मान्यता पाउन सकेको छैन । महायज्ञबाट तीन करोड रुपैयाँ सङ्कलन गर्ने उद्देश्य राखी सञ्चालित महायज्ञमा सर्वसाधारणदेखि निम्न आय भएका जनताको हर्षोल्लासका साथ सहभागिता र सहयोग देख्दा क्याम्पसमा दानवीरको ओइरो लागेको महसुस गरिएको छ ।
सात वर्षसम्म खाडी मुलुकमा रगतपसिना खर्चेर केही रकम बटुल्न सफल महिला सीता ठकुरीले समेत क्याम्पसलाई एक लाख ११ हजार सहयोग गरेकी छिन् । गुल्मी जिल्लाका सम्पूर्ण कर्मचारीले एक दिनबराबरको तलब दान गरेका छन् भने जिल्ला विकास समितिले तीस लाख, गुल्मी उद्योग वाणिज्य सङ्घले पाँच लाख र तमघास गाविसले पाँच लाख दान गर्ने संस्थागत निर्णय गरेका छन् । रेसुङ्गा बहुमुखी क्याम्पसका सम्पूर्ण शिक्षक–कर्मचारीले पनि आफूले सेवा दिँदै आएको क्याम्पसको स्तरवृद्धिका लागि एक महिनाको तलब दान गर्ने निर्णय गरेका छन् । १५ गते तमघास चिदीचौरमा एक भव्य समारोहबीच विश्वहिन्दू महासङ्घका अध्यक्ष दामोदर गौतमले उद्घाटन गरी सुरु भएको महायज्ञमा विभिन्न विद्यालयका विद्यार्थीले स्वयम्सेवीको काम गरिरहेका छन् ।

फ्रान्समा नेपाल प्रवद्र्धन कार्यक्रम
फ्रान्सको राजधानी पेरिसबाट करिब तीन सय २० किलोमिटर उत्तरपूर्वमा अवस्थित ऐतिहासिक थियोनभिल सहरमा पेरिसस्थित नेपाली दूतावास, थियोनभिल मेरी तथा लोरान नेपालको संयुक्त आयोजनामा हालै नेपाल प्रवद्र्धन कार्यक्रमको आयोजना भएको छ । थियोनभिलका मेयर बर्टान मेर्जलगायत उपमेयर तथा अन्य अधिकारीहरू, थियोनभिल प्रिफेक्चारका उपप्रशासक फ्रेन्कोइस मर्जोरारिटीलगायत सो सहरका व्यापारिक समुदाय, ट्राभल एजेन्टहरू र अन्य विभिन्न क्षेत्रका गन्यमान्य व्यक्तिहरू गरी करिब दुई सय पाहुनाहरू कार्यक्रममा उपस्थित थिए ।
फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठलाई थियोनभिलका मेयर मेर्जले औपचारिक रूपमा मेरीको हलमा स्वागत गरेपछि सुरु भएको कार्यक्रममा वाइन उत्पादनको लागि प्रख्यात मोसेल प्रान्तमा रहेको वाइन प्रोडक्टस् कन्फेडेरेक्सनको तर्फबाट राजदूत श्रेष्ठलाई सम्मान गरी अङ्गुरका बिरुवाहरू नेपाल पठाउनका लागि हस्तान्तरण गरिएको थियो । चिसो वातावरणमा हुर्काउन सके नेपालका ग्रामीण भेकका जनताको आर्थिक जीवनस्तर उकास्न मद्दत पुग्ने भएकोले ती बिरुवा म्यागासेसे पुरस्कार विजेता महावीर पुनको विशेष अनुरोधमा राजदूत श्रेष्ठले सहयोगका लागि थियोनभिल सहरलाई गुहार्नुभएबापत प्राप्त भएको जानकारी कार्यक्रममा दिइयो ।
मेयर मेर्ज र राजदूत श्रेष्ठले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको सो कार्यक्रममा मन्तव्य दिँदै मेयर मेर्जले नेपाल एक सुन्दर मुलुक भएको आफूले सुनेको र नेपाल भ्रमण गर्न इच्छुक रहेको बताउनुभयो भने थियोनभिलका उपप्रशासकले थियोनभिलमा प्रथमपटक यसप्रकारको नेपाल प्रवद्र्धन कार्यक्रम आयोजना भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । कार्यक्रममा फ्रेन्च भाषामा मन्तव्य दिँदै राजदूत मोहनकृष्ण श्रेष्ठले नेपालको सौन्दर्य र विभिन्न विशेषताबारे प्रकाश पार्नुभयो । लुम्बिनी भ्रमण वर्षबारे जानकारी दिँदै उहाँले बुद्ध जन्मेको पावन भूमिको भ्रमण गरेर आनन्द प्राप्त गर्न सुझाव दिनुभयो । फ्रान्स र नेपालबीच रहिआएको सुमधुर सम्बन्धबारे चर्चा गर्दै राजदूत श्रेष्ठले सम्बन्धमा थप योगदान दिन सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डले तयार पारेको डकुमेन्ट्रीको प्रस्तुतिले नेपालका सुन्दर पक्षहरूको थप उजागर गरेको थियो ।