उत्तर कोरियासँगको वार्ता अभूतपूर्व हुने ट्रम्पको भनाई

उत्तर कोरियासँगको वार्ता अभूतपूर्व हुने ट्रम्पको भनाई


संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्व रुपमा सफल हुने भविश्यवाणी गगरेका छन् । पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले उत्तर कोरियासँग हुने भनिएको वार्ताबारे समवधानी नअपनाइएको अभिव्यक्ति दिएकै बेला राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

ट्रम्पले भने– ‘मैले देखेको छु कि हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता निकै सफल हुनेछ र यसले हामीबीचका सबै कुराहरुमा पनि खुलेर कुरा गर्ने अवस्था आउने छ ।’

पेन्सिलभानियाका लागि प्रस्थान गर्नुअघि शनिबार सम्वाददाताहरुसँग संक्षिप्त कुराकानीगर्दै राष्ट्रपति ट्रम्पले यो प्रतिक्रिया दिएका हुन् । उनले उत्तर कोरियासँगको वार्ताका लागि आफू उत्साहित रहेको भन्दै यसका लागि जापान र दक्षिण कोरियाको पनि समर्थन र सहयोग रहेको पनि खुलासा गरे ।

‘मलाई उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएका छन् र उनीहरुले आगामी दिनमा गर्ने सम्भावना पनि छैन, त्यसैले मलाई यो वार्ताप्रति उत्साह जागेको छु,’ उनले भने ।

उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको समाचार हालै मात्र आएको थियो ।उनसँगको भेटवार्ताका लागि उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेका पनि बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता उनसँग भेट्न तयार भएको समाचार बिहीबार मात्र आएको थियो । उत्तर कोरियाली नेता उनको आग्रहमा राष्ट्रपति ट्रम्प उनलाई भेट्न तयार भएका हुन् ।

अमेरिकी र उत्तर कोरियाली नेताहरुसँग भेटवार्ता गरेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतले बिहीबार अमेरिकाबाट सो जानकारी दिनएका थिए।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ र दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाली नेता उनको सन्देश बोकेर अमेरिका गएका थिए ।

उनीहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराएका थिए । त्यसपछि राष्ट्रपति ट्रम्प किमसँग भेटवार्ताका लागि तयार भएका समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार किमले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्न सहमति जनाएका छन् भने आणविणक निस्शस्त्रीकरणका लागि पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

तस्बिर एपी