एमाले र माओवादीले चैत २२ गते पार्टी एकताको घोषणा गर्ने

एमाले र माओवादीले चैत २२ गते पार्टी एकताको घोषणा गर्ने


चर्चाको विषय बनेको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता घोषणाले
अन्तिम रुप पाउने भएको छ । दुबै पार्टीको एकता आगामी चैत २२ गते हुने भएको हो ।

कम्यूनिष्ट पार्टी स्थापनाको अवसर पारी दुबै दलले एकता घोषणा गर्ने तयारी गर्ने बुझिएको छ । फागुन ७ गते पार्टी एकताका लागि ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका नेकपा एमाले र माओवादी केन्द्रले चैत २२ गते पार्टी एकताको घोषणा गर्ने भएका हुन् ।

सांगठनिक संरचना तथा विधान मस्यौदाको छलफललाई अन्तिम चरणमा पु¥याएका दुई दलले पार्टी एकता घोषणा गर्ने तयारीलाई तिब्रता दिएको एमालेको एक नेताले जानकारी दिए । उनका अनुसार सरकार विस्तार, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आदिले पार्टी एकताको प्रक्रियालाई कुनै असर गर्दैन् ।

पार्टी एकताका लागि आवश्यक विधान मस्यौदा कार्यदलले फागुन २५ गतेभित्रै आफ्नो प्रतिवेदन एकता संयोजन समितिलाई बुझाउने तयारी थालेको छ ।