१८ फाल्गुन २०७७, मंगलवार

कांग्रेस नेतृ राईद्वारा राष्ट्रपतिमा उम्मेदवारी

  प्रकाशित मिति
२३ फाल्गुन २०७४, बुधबार ०७:३९


नेपाली कांग्रेसकी नेतृ लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुुभएको छ । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले आज उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।

राईको प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले हुनुहुन्छ ।

उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँगै कुरा गर्दै नेत्री राईले आफ्नो उम्मेदवारी विकास र समृद्धिका लागि भएको बताउनुभयो । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

कांग्रेसको आजै बसेको केन्द्रीय कार्यसमिति बैठकले उहाँलाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेत्री राईको उम्मेदवारी मनोनयनका क्रममा पार्टीका तर्फबाट महामन्त्री डा. शशाङ्क कोइराला, नेता डा. मीनेन्द्र रिजाललगायत उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री डा. कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गरेका नाम अनुमोदन नगरेर स्वतन्त्र भूमिका निर्वाह नगरेको आरोप लगाउनुभएको राससले जनाएको छ ।

महामन्त्री डा. कोइरालाले राष्ट्रपति भण्डारीको भूमिका स्वतन्त्रभन्दा पनि पार्टी विशेषतिर ढल्किएको देखिएकाले उहाँविरुद्ध आफ्नो पार्टीले उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ताको तयारी गरिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यान खतरामा रहेको खुलासा गर्नुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि

सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको