‘अहिलेसम्म कोही छैन-राजन घिमिरे

‘अहिलेसम्म कोही छैन-राजन घिमिरे


यतिबेला निकै चर्चामा छिन् नायिका नन्दिता केसी । सिनेमा निर्माणमा आएको सङ्ख्यात्मक वृद्धिसँगै नयाँ-नयाँ सिनेमाहरूमा पनि उनी एकपछि अर्को गर्दै व्यस्त हुन थालेकी छिन् । विशेष गरेर उच्च वर्गका दर्शकहरूमाझ लोकप्रिय बन्दै अगाडि बढेकी नायिका नन्दिता केसीसँग ‘भ्यालेन्टाइन डे’ र उनका फिल्म क्यारियरका बारेमा गरिएको कुराकानी :-
० भ्यालेन्टाइन डे कसरी मनाइयो त ?
– अँ हँ मनाइएन ।
० किन त ?
– म त चलचित्र मालतीको भट्टीको डबिङमा थिएँ ।
० ‘भ्यालेन्टाइन’ त कोही होला नि ?
– छैन अहिलेसम्म ।
० नखोजेको कि नपाएको नि ?
– खोजेको भए त पाइन्थ्यो होला । तर खोज्नै मन लागेन ।
० भनेपछि यसपटकको भ्यालेन्टाइन डे पनि खेरै गयो, होइन त ?
– यस्ता भ्यालेन्टाइन डे धेरै खेर गइसके ।
० नन्दितालाई पाउन भुतुक्क हुनेहरू धेरै रहेछन् हगि ?
– होलान्, तर तिनीहरूले मेरो अगाडि आएर भन्नै सकेनन् नि ।
० किन डराएका होलान् ?
– त्यो त थाहा भएन । तर म भन्छु मनमा लागेको कुरा भन्न किन डराउने ।
० तर, भ्यालेन्टाइन डेको दिन त अरू अविवाहित नायिकाहरू त डेटिङमा गएका थिए रे †
– यसबारेमा म यति मात्र भन्न सक्छु कि ती सबैलाई मेरोतर्फाट बधाई छ ।
० अरूको हेरेर चित्त बुझाउने त ?
– अब त्यसै त भन्नुपर्‍यो नि ।
० नन्दिता निर्माता पट्याउन बाठी छिन् त्यसैले व्यस्त छिन् भन्छन् नि ?
– मैले कुरा बुझिनँ । पट्याएर होइन, राम्रो काम गरेर म व्यस्त भएकी हुँ ।
० नन्दितालाई किन यो आरोप त ?
– यो नयाँ होइन । यस्ता आरोपको पछि लागियो भने त अहिले नै चलचित्र क्षेत्र छाड्नुपर्छ ।

राजेशको विशेष ‘भ्यालेन्टाइन’
उमेरले लगभग पचास पुग्न लागिसकेका तर चर्चा, नाम, क्रेज र सम्मान अन्य कलाकर्मीहरूको भन्दा बढी नै भएका महानायक राजेश हमाल युवतीहरूको मामिलामा अन्य नायकहरूको दाँजोमा कम विवादमा आउने नायक हुन् । तर, गत सोमबारको ‘भ्यालेन्टाइन डे’ पछि भने राजेश उमेरले साथ नदिए तापनि मनका कारण भने युवतीहरूप्रति आशक्त नै रहेछन् भन्ने कुरा प्रस्ट भएको छ ।
काठमाडौंमा छायाङ्कन भइरहेको एक सिनेमाको छायाङ्कनको क्रममा युनिटबीच ‘भ्यालेन्टाइन डे’ को बारेमा छलफल भइरहेको थियो । यसैबीच नायक हमाल पनि केही सञ्चारकर्मीहरूमाझ खुलेर नै प्रस्तुत भए अनि सहज रूपमा प्रस्तुत पनि भए त्यस दिन । प्राय: कलाकर्मीहरूसँग त्यति नखुल्ने र सञ्चारकर्मीहरूसँग पनि टाढै रहन चाहने नायक हमाल त्यस दिन अलि बढी रोमान्टिक मुडमा नै थिए । चलचित्रको एक सट दिएर आएपछि उनले सञ्चारकर्मीहरूमाझ आएर माया र प्रेमका बारेमा ठूलै प्रवचन दिए माया यस्तो हो अनि उस्तो हो । मायाले यसो गर्छ उसो गर्छ भनेर । मायाको बारेमा उनको यस्तो अभिव्यक्ति सुनेपछि एक सिनेकर्मीले सोधे, ‘दाइ यसपटकको भ्यालेन्टाइन डे त रमाइलो होला जस्तो छ नि । मायाको बारेमा गजव प्रवचन दिनुभयो नि ।’ ती सञ्चारकर्मीको यस्तो कुरा सुनेपछि राजेशले भने, ‘मायाबाट कोही पनि अछुतो रहन सक्दैन । कसैले व्यक्त गर्छन् त कसैले व्यक्त गर्न सक्दैनन् । म परेँ माया व्यक्त गर्न नसक्ने प्रेमी ।’ हमालको यो जवाफ सुनेपछि एकछिन माहौल हाँसोमा परिणत भयो ।
कुरा लम्बिँदै जाँदा अर्का एक सञ्चारकर्मीले थपे, ‘भनेपछि यसपटकको भ्यालेन्टाइन डे दाइले गजवसँगै मनाउने हुनुभयो होइन त ?’ हमालले फेरि थपे, ‘त्यस्तै हो र भन्या ।’ सबैले नायक हमाललाई तपाईंसँग ‘भ्यालेन्टाइन डे’मा डेटिङमा जाने युवती को हुन् ? भन्ने प्रश्न बारम्बार गरे तर अरू सबै कुरा बताए तापनि हमालले आफूसँगै जाने युवती र स्थान भने बताउन चाहेनन् । ‘त्यो पत्ता लगाउने जिम्मा त तपाईंहरूकै हो नि,’ यति भनेपछि उनी अर्को दृश्यको सट दिन क्यामेरातिर लागे ।
राजेश हमालको यतिसम्मको कुरापछि उनले गत सोमबार ‘भ्यालेन्टाइन डे’ मनाए भन्ने कुरा निश्चित भए तापनि युवती भने को हुन् भन्ने कुरा गोप्य नै रहेको छ । यतिबेला सञ्चारकर्मीहरू राजेशले ‘भ्यालेन्टाइन डे’ मनाएको युवतीको नाम र स्थानको खोजीमा लागेका छन् ।

सामाजिक कार्यसँगै सिनेमा निर्माण
सामाजिक कार्यमा लामो समयदेखि अग्रसर विष्णुमाया परियार यतिबेला काठमाडौंमा छिन् । करिब एक दशक अगाडिदेखि अमेरिकामा बस्दै आएकी विष्णुमाया एनआरएन ?अमेरिका) को बोर्ड अफ डाइरेक्टर पनि छिन् ।
नेपालमा रहेका नेपाल दलित महिला उत्थान सङ्घकी संस्थापक अध्यक्ष परियारको यो संस्था यतिबेला पिछडिएका जात-जाति अनि असहाय र गरिब परिवारका साथै अशिक्षित महिलाहरूलाई सीप सिकाउन अनि शिक्षा दिने मामिलामा अगाडि रहेको छ । यसैगरी विष्णुमायाले अमेरिकाबाट इम्पावर दलित वमन अफ नेपालमार्फ नेपालमा सहयोग गर्दै आएकी छिन् । अमेरिकामा प्रदर्शनका लागि लगिएका नेपाली सिनेमाहरू आजभोलि प्रेमकथामाथि आधारित मात्र भएकोमा विष्णुमायाको चित्त दुखाइ छ । ‘चलचित्रहरू सस्ता कथा र फर्मुलायुक्त हुनुभएन । चलचित्रमा सामाजिक पक्षहरूका बारेमा पनि आवाज उठ्नुपर्‍यो,’ उनले भनिन् ।
पछिल्लोपटक दलित विषयमाथि निर्माण गरिएको चलचित्र ‘बाटोमुनिको फूल’ले भने उनको मन छोएको छ । ‘यस्ता चलचित्रहरूले सामाजिक चेतना जगाउन मद्दत गर्छ । त्यसैले यस्ता सिनेमा निर्माणतर्फजागरुक हुनुपर्‍यो,’ उनले भनिन् । विष्णुमायाले केही समय अगाडि गायन एवम् नायक यशकुमारलाई ‘सम्मान’ पनि गरेकी थिइन् ।
अब विष्णुले डकुमेन्ट्री र चलचित्र निर्माणमार्फ सामाजिक चेतना अभिवृद्धि गराउनतिर लाग्ने सोच र योजना बनाएकी रहिछिन् । उनले भनिन्, ‘डकुमेन्ट्री र चलचित्रमार्फ यस्ता कुराहरू उठाइयो भने अवश्य पनि राम्रोसँग प्रभाव पर्न सक्छ । अब हामी यो योजनातिर लागेका छौँ,’ उनले थपिन् ।
नेपाली चलचित्र अमेरिकामा रहेका नेपालीमाझ पुर्‍याउन आफ्नो संस्था कटिबद्ध रहेको जानकारी उनले गराइन् । ‘तर ती चलचित्रहरू सामाजिक सन्देश बोकेको होस्, अनि समाज जागरुक गराउने खालको होस् । यस्ता चलचित्र बनेमा अमेरिकामा रहेको आफ्नो संस्थाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोज्न मद्दत गर्नेछ,’ विष्णुमायाले प्रतिबद्धता जाहेर गरिन् ।
नेपाली चलचित्र सीडी एवम् ‘युटुप’ मार्फ डाउनलोड गरेर हेर्ने प्रविधिको विकास भएका कारण निर्माताहरू आर्थिक रूपमा मारमा पर्ने गरेको वास्तविकतासँग विष्णुमाया परिचित भइसकेकी रहिछिन् । ‘यस्तो गलत प्रवृत्तिलाई निरुत्साहित गर्न सके मात्र नेपाली चलचित्रको व्यावसायिक बजार बच्न सक्छ’ उनको सुझाब छ ।