युवाहरूलाई रोजगारीको सट्टा लाठी

युवाहरूलाई रोजगारीको सट्टा लाठी


देश रेमिटेन्सको आधारमा चलिरहेको छ, यो हामी सबैको जानकारीको विषय हो । तर, वैदेशिक रोजगारीमा जान चाहने युवाले आफ्नै मुलुकभित्र कति अपमान र सास्ति ब्यहोर्नुपर्छ, त्यसको जानकारी धेरैलाई नहुन सक्छ ।

काठमाडौंस्थित संयुक्त अरब इमिरेट्स (युएई)को राजदूतावासमा रू ४३०० बुझाएर कागजात प्रमाणीकरणका लागि कैयन दिनदेखि भोकभोकै लामबद्ध भएका युवाहरूलाई सरकारले सुविधा उपलब्ध गराउनुको साटो लाठिचार्ज गराएको छ ।

मंगलबार साँझ घटना र विचार प्रतिनिधि उक्त स्थानमा पुग्दा पीडित युवाहरूले पिसाब लाग्छ भनेर पानीसमेत पिउने नगरेको बताएका छन् ।

हेर्नुहोस् भिडियो–