बलात्कारी इम्रानलाई चार पटक फाँसीको सजाय

बलात्कारी इम्रानलाई चार पटक फाँसीको सजाय


एकै व्यक्तिलाई चार पटकसम्मको फाँसी सजाय भन्ने सुन्दा अनौठो मात्र होइन अपत्यारिलो पनि लाग्न सक्छ । तर, पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ र ती व्यक्तिलाई सो अदालतले चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो ।

एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा इम्रान अली नामक व्यक्तिलाई फाँसी दिइएको थियो । २४ वर्षीय अलीले ६ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए ।

जाइनाब फतिमा नाम गरेकी ती बालिकाको गत महिना बलात्कार र हत्या भएको थियो । फाँसीको सजाय पाएका इम्रानलाई पञ्जाव शहरमा कम्तीमा सात बालिकालाई आक्रमण गरेको र हत्या गरेको आरोप लागेको थियो । तीमध्ये पाँच बालबालिकाको हत्या गरेको आरोप उनीमाथि लागेको थियो ।

अलिलाई छुट्टाछुट्टै चार वटा आरोपको मृत्युदण्डको सजाय भएको थियो । जाइनाबको बलात्कार र हत्यालगायत अलिलाई आतङ्कवादीको आरोप समेत लागेको छ ।