हवाई कारबाहीमा चार आतङ्ककारी मारिए

हवाई कारबाहीमा चार आतङ्ककारी मारिए


अफगानिस्तानको पूर्वी प्रान्तमा शुक्रबार भएको एक हवाई कारबाहीमा कम्तीमा चार आतङ्ककारी मारिएका छन् । विशेष सुरक्षा बलले सो कारबाही गरेको जानकारी दिएको छ ।

कुनार प्रान्तको चापा दारा जिल्लामा अफगान विशेष बलले जारी राखेका यस कारबाहीमा तीन अल कायदाका आतङ्ककारी मारिएका छन् भने आतङ्ककारी सञ्जालको एक अखडासमेत ध्वस्त पारिएको छ ।

त्यसैगरी नान्र्गाहार प्रान्तमा आचिन जिल्लामा भएको एक कारबाहीमा इस्लामिक स्टेट्स (आईएस) समूहको एक आतङ्ककारी मारिएको विशेष सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

अफगान, अमेरिकी र नेटो आवद्ध संयुक्त सुरक्षाबलले गएको केही महिनायता आतङ्ककारीविरुद्ध स्थल र हवाई कारबाहीमा तिव्रता दिएको छ ।

आतङ्ककारीबाट अफगानिस्तानभरी सरकारी र सुरक्षाबल विरुद्धको आक्रमणलाई बढाएपछि संयुक्त सेनाले पनि आतङ्ककारीविरुद्धको कारबाहीमा वृद्धि गरिएको बताइएको छ । (रासस-सिन्ह्वा)